बिहीबार, भदौ ४, २०८३

अस्पताल नआउने पाँच चिकित्सक बर्खास्त

कोरोना संक्रमण जोखिमका बेला कामकाजमा नआउने पाँच जना चिकित्सक बर्खास्त भएका छन्।
 |  बुधबार, चैत २६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत २६, २०७६

बुटवल- कोरोना संक्रमण जोखिमका बेला कामकाजमा नआउने पाँच जना चिकित्सक बर्खास्त भएका छन्। लुम्बिनी प्रादेशिक अस्पतालमा करार ज्यालादारीमा कार्यरत पाँच चिकित्सकलाई सेवाबाट हटाइएको हो।

हटाइएका चिकित्सकमा रेडियोलोजी विभागमा कार्यरत डा. वरदान वली र ताराप्रसाद शर्मा, आकस्मिक विभागमा कार्यरत डा. प्रकृति कार्की, नाक कान घाटी विभागका डा. प्रकाश न्यौपाने र न्युरोसर्जन डा. सुवासचन्द्र चौधरी छन्। ती चिकित्सक बिनाजानकारी कार्यालयमा हाजिर नभएपछि बर्खास्ती गरिएको अस्पतालले जनाएको छ।

प्रदेश सामाजिक विकास मन्त्रालयले कुनै पनि स्वास्थ्यकर्मीलाई विदामा नबस्न भनेको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले दैनिक ज्यालादारी करारमा रहेका चिकित्सक हटेको बताए। ‘हामीले हरेक दिन सामाजिक विकास मन्त्रालयमा कर्मचारीको हाजिरी पठाउनुपर्छ। मन्त्रालयले हाजिरी नदेखेपछि बर्खास्ती गरेको हो, उनले भने।

सामाजिक विकासमन्त्री सुदर्शन बरालले महामारीको बेलामा पनि सेवामा नखटिने चिकित्सकलाई कारबाही गर्न निर्देशन दिइएको बताए।

सेवाबाट हटाइएका डा. वरदान वलीले कारोना महामारीमा स्वास्थ्यकर्मीका लागि कुनै सावधानी नअपनाइएको र पीपीईजस्ता सामग्री नभएका कारण आफूहरु काममा नगएको बताए। 

प्रकाशित: Apr 08, 2020| 14:07 बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।