शनिबार, कात्तिक २९, २०८२

फ्यामिली : लकडाउनका बेला बनेको बलिउड सर्ट फिल्म

अमिताभ बच्चनको पहलमा बनाइएको चार मिनेटको सर्ट फिल्ममा काम गरेका प्रत्येक अभिनेताले आफ्नो भाग आफ्नै घरमा सुट गरेका हुन्।
 |  बुधबार, चैत २६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत २६, २०७६

अमिताभदेखि रजनीकान्तसम्मका कलाकार मिलेर बनाएको सर्ट फिल्म 'फ्यामिली' ले मनोरञ्जनका साथै सन्देश पनि दिन्छ।

National life

लकडाउनका बेला सबैतिर ठप्पजस्तो अवस्था छ, यस्तोमा विश्वकै ठूलो फिल्म उद्योगमध्येको बलिउड पनि बन्द हुनु स्वाभविक नै हो।

बाँकी अन्य उद्योगजस्तो फिल्म उद्योगमा पनि सबैभन्दा बढी प्रभावित दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक छन्। यस्ता श्रमिकहरुलाई सहयोग जुटाउने उद्देश्यका साथ भारतका तमाम ‘ठूला’ कलाकार मिलेर एउटा सर्ट फिल्म बनाएका छन्। अमिताभ बच्चनको पहलमा बनेको यो फिल्मबाट करिब एक लाख परिवारका लागि खाद्य सामग्री सहयोग गर्ने बताइएको छ।

यो फिल्म गत सोमबार सोनी नेटवर्कका च्यानलहरुबाट प्रसार गरिएको थियो। करिब साढे चार मिनट लामो यो फिल्ममा अमिताभ बच्चन, रणवीर कपूर, दिलजित दोसांझ, आलिया भट्ट, प्रियंका चोपडाजस्ता बलिउडका कलाकार देखिन्छन् नै, यीबाहेक रजनीकान्त, मोहनलाल, ममुटी, चिरञ्जिवी, प्रोसेनजित चटर्जी, शिवा राजकुमार, सोनाली कुलकर्णी जस्ता अन्य भारतीय भाषाका चर्चित कलाकारको पनि अभिनय छ।

फिल्ममा कन्टिन्यूटी कायम राख्नका लागि यसलाई ब्ल्याक एन्ड ह्वाइट बनाइएको छ। यसमा काम गरेका प्रत्येक अभिनेताले आफ्नो भाग आफ्नै घरमा सुट गरेका हुन् । सानो कथासँगै फिल्मको अन्त्यमा अमिताभ बच्चनले मानिसलाई घरमै बस्न र धैर्य गर्न अपिल गरेका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 08, 2020| 11:12 बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्