शनिबार, फागुन ३०, २०८२

स्वास्थ्यकर्मी सुरक्षा खतरामा : डब्ल्यूएचओ

कोरोना भाइरसको महामारीका कारण विश्वभर स्वास्थ्यकर्मीको सुरक्षामा खतरा उत्पन्न
 |  बुधबार, चैत २६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत २६, २०७६

न्युयोर्क- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएच)ले प्रकाशन गरेको नयाँ प्रतिवेदनले कोरोना भाइरसको महामारीका कारण विश्वभर स्वास्थ्यकर्मीको सुरक्षामा खतरा उत्पन्न भएको जनाएको छ। यसमा सबैभन्दा बढी अग्रमोर्चामा काम गर्नुपर्ने नर्सहरु जोखिममा रहेको भनाइ संगठनको छ।

National life

संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेसुसले “विश्वका नर्सहरुको स्थिति प्रतिवेदन २०२०” सार्वजनिक गर्दै नर्सहरु कुनै पनि स्वास्थ्य प्रणालीका मेरुदण्ड रहेको बताएका छन्।

उनले भने, “विश्वभर हाल २ करोड ८० लाख नर्सहरु कार्यरत छन् जब कि विश्वमा अहिले ५९ लाख नर्सको कमी छ। नर्सको कमी सबैभन्दा बढी अफ्रिका, दक्षिणपूर्व एसिया, पूर्वी भूमध्यसागरीय क्षेत्र र दक्षिण अमेरिकामा छ।”

विश्व स्वास्थ्य दिवसका अवसरमा सन्देश दिँदै राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले मानव स्वास्थ्यका लागि विश्वभरका सबै स्वास्थ्यकर्मीले दिनरात केही नभनी कोरोना महामारीविरुद्ध संघर्ष गरिरहेकामा त्यसको उच्च प्रशंसा गरेका छन्। -रासस

प्रकाशित: Apr 08, 2020| 13:33 बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।