बिहीबार, भदौ ४, २०८३

प्रधानमन्त्रीलाई गगन थापाका ११ प्रश्न

प्रधानमन्त्रीले सम्बोधनमा समेटेका थुप्रै बुँदाहरू प्रस्ट हुनुपर्ने धारणा राखेका छन्।
 |  बुधबार, चैत २६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत २६, २०७६

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार गरेको सम्बोधनका विषयमा नेपाली कांग्रेसका सांसद गगन थापाले ११ प्रश्न उठाएका छन्।

संसद् नचलेको समयमा सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्रीलाई प्रश्न सोध्नुपरेको थापाले बताएका छन्।

उनले प्रधानमन्त्रीले सम्बोधनमा समेटेका थुप्रै बुँदाहरू प्रस्ट हुनुपर्ने धारणा राखेका छन्।

सांसद् थापाले बन्दाबन्दीमा बस्न जनता तयार भए पनि यसबाट चाँडोभन्दा चाँडो पार लगाउन सरकार तत्पर नभएको बताएका छन्।

प्रधानमन्त्रीले भनेअनुसार ¥यापिड टेस्ट गर्ने किटको गुणस्तर, नमुना संकलन गर्ने विधि र प्रक्रिया, परीक्षणका लागि आवश्यक जनशक्ति, उनीहरूको सुरक्षा र तालीमलगायत विषय प्रष्ट हुनुपर्ने थापाको प्रश्न छ।

त्यस्तै, सीमानाकामा रहेका नेपालीको सुरक्षा, स्वास्थ्य परीक्षण, नेपाल ल्याउने तयारीलगायत विषय पनि उठान गरेका छन्।

प्रकाशित: Apr 08, 2020| 11:26 बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।