मंगलबार, कात्तिक १८, २०८२

कहिले सकिन्छ आठ हजारको स्याम्पल परीक्षण ?

कर्णालीको प्रयोगशालाको क्षमना न्यून भएपछि कोरोनाको परीक्षणका लागि मंगलबार पाँच सय एक जनाको स्वाब काठमाडौं पठाइएको छ ।
 |  बुधबार, चैत २६, २०७६

देव राना

देव राना

बुधबार, चैत २६, २०७६

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कोरोना भाइरस परीक्षण प्रयोगशाला स्थापना भएको ६ दिन पुगेको छ ।

Kumaribank

६ दिनको अवधिमा कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको प्रयोगशालाले जम्मा ७० जनाको मात्रै नमूना परीक्षण गरेको छ । किनकी सुर्खेतमा कोभिड–१९ को स्वाब परीक्षण गर्ने आरटी–पीसीआर (रियल टाइम (पोलिमरेज चेन रियाक्सन) मेसिनको क्षमना निकै न्यून छ । यसले एकदिनमा बढीमा १५ वटामात्रै परीक्षण गर्न सक्छ ।

जवकी कर्णाली प्रदेशमा तेस्रो मुकुक र भारतबाट गरी ८ हजारभन्दा बढी नागरिक गाउँ फर्किएका छन् । यही मेसिनको भर पर्ने हो भने ८ हजार स्वाब परीक्षण गर्न कर्णाली प्रदेशलाई ५३३ दिन अर्थात् १७ महिना लाग्ने निश्चित छ ।

यही समस्यालाई मध्यनजर गर्दै कर्णाली प्रदेश सरकारले कर्णालीमा घुम्ती प्रयोगशाला राख्न केन्द्र सरकारसँग माग गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद बैठकले विदेशबाट नागरिकहरुमा कोरोनाको संक्रमण हुन सक्ने भन्दै घुम्ती प्रयोगशाला परीक्षण सेवाको तत्काल व्यवस्थापन गर्न नेपाल सरकारलाई अनुरोध गरेको सरकारमा प्रवक्ता एवम् भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् ।

‘कोरोनाको त्रासपछि ८ हजारभन्दा बढी नागरिक गाउँ फर्किएका छन्,’ मन्त्री केसीले भनिन्, ‘उनीहरु सबैको परीक्षण आवश्यक देखिएको हुँदा संघीय सरकारलाई घुम्ती प्रयोगशाला राखिदिन अनुरोध गरेका छौँ ।’ तत्काल कर्णालीमा थप प्रयोगशाला राख्न नसकिने भएपछि केन्द्र सरकारको सहयोगमा परीक्षण गर्न अनुरोध गरेको सरकारको भनाइ छ ।

Metro Mart

यस्तै कर्णाली प्रदेश प्रयोगशाला संयोजक ओम आचार्यले पनि क्वारेन्टाइनमा बसेका सबैका स्वाव परीक्षण गर्न महिनौ लाग्ने बताए । ‘रातदिन खट्दा पनि सुर्खेतको मेसिनले एक दिनमा १२ मात्रै परीक्षण गर्न सम्भव छ,’ आचर्याले भने, ‘एक दिनमा १५ जनाको परीक्षण गर्न सकिने अनुमान गरेका थियौँ तर मेसिनलाई आराम दिँदा १२ सम्म गर्न सकेका छौँ ।’

विदेशबाट आएका र क्वारेन्टाइनमा बसेका सबैको नमूना परीक्षण गर्न केन्द्रीय प्रयोगशालाको सहयोग अनिवार्य भएको उनको भनाइ छ ।

५०१ जनाको स्वाब काठमाडौं पठाइयो

कर्णालीको प्रयोगशालाको क्षमना न्यून भएपछि कोरोनाको परीक्षणका लागि मंगलबार पाँच सय एक जनाको स्वाब काठमाडौं पठाइएको छ । जसमा जुम्लाबाट सबैभन्दा बढी अर्थात् ३२४, सुर्खेतबाट १६२, दैलेखबाट १० र कालिकोटबाट ५ स्वाव काठमाडौं पठाइएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रीता भण्डारीले जानकारी दिइन् ।

सुर्खेतको प्रयोगशालाले सबै परीक्षण गर्न नभ्याउने भएपछि काठमाडौं पठाइएको उनको भनाइ छ । ‘सुर्खेतका भएको प्रयोगशालाको क्षमता न्यून छ, कर्णालीमा दिनमा १५ जनाको मात्रै परीक्षण सम्भव छ,’ भण्डारीले भनिन्, ‘विदेशबाट आएका र कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका सबैको स्याम्पल कलेक्सन गरेर काठमाडौं पठायौँ ।’

यता सुर्खेतको खुल्ला मञ्चको क्वारेन्टाइनमा राखिएका सबैको स्वाव परीक्षणका लागि पठाइएको छ । खुल्लामञ्चमा राखिएका एक सय ८८ जनामध्ये १६२ जनाको स्वाव परीक्षणका लागि काठमाठौं पठाइएको हो । बाँकी २६ जनाको भने सुर्खेतमै नमूना परीक्षण गरिसकिएको छ । उनीहरुको सबैको नजिता नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कर्णालीमा आजसम्म नमूना परीक्षण गरिएका सबैको रिपोर्ट आएको छ । सुर्खेतमा प्रयोगशाला स्थापना भएपछि ७१ जनाको स्वास्थ्य परीक्षण गरिएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यका अनुसार २० गते ४, २१ गते ११, २२ गते १५, २३ गते ११, २४ गते १३, २५ गते १२ र आज १२ बजेसम्म ५ वटा गरी कुल ७१ जनाको नमूना परीक्षण गरिएको छ । परीक्षण गरिएका सबैको नतिजा नेगेटिभ आएको छ । यसअघि कर्णालीबाट ३१ जनाको नमूना परीक्षणका गरिसकिएको छ ।

प्रकाशित: Apr 08, 2020| 13:34 बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।