बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आवेदन स्वीकृत भएका सबैले पाए पुनर्बीमा कम्पनीको सेयर

आवेदन स्वीकृत भएका सबैले पाए पुनर्बीमा कम्पनीको सेयर

नेपाल पुनर्बीमा कम्पनीको सेयरमा ४० कित्तासम्म आवेदन दिने सबैले पाएका छन् । कम्पनीले बुधबार सेयर बाँडफाँड गरेको हो । कम्पनीको सेयर ३ लाख ९० हजार ६३८ जना आवेदकले पाएको कम्पनीले जनाएको छ ।
 |  बुधबार, चैत २६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत २६, २०७६

नेपाल पुनर्बीमा कम्पनीको सेयरमा ४० कित्तासम्म आवेदन दिने सबैले पाएका छन् । कम्पनीले बुधबार सेयर बाँडफाँड गरेको हो । कम्पनीको सेयर ३ लाख ९० हजार ६३८ जना आवेदकले पाएको कम्पनीले जनाएको छ ।

कम्पनीले गत चैत ४ गतेदेनि ७ गतेसम्म १०० रुपैयाँ अंकित दरका एक अर्ब ६० करोड रुपैयाँ बराबरको साधारण सेयरका लागि आवेदन खोलेको थियो ।

साधारण सेयरका लागि तीन लाख ९१ हजार ६२६ जनाले आवेदन दिएको सेयर विक्री प्रबन्धक आरवीवी मर्चेन्टले जनाएको छ । एक हजारको आवेदन रित नपुगेकाले रद्द गरिएको छ।

२७ हजार ७४८ जनाले १० कित्ता, १५ हजार ५९० जनाले २० कित्ता, १२ हजार ७२३ जनाले ३० कित्ता र २० हजार ९२९ जनाले ४० कित्ता सेयर पाएका छन्। ५० कित्ताभन्दा बढी सेयर माग गर्ने तीन लाख १३ हजार छ सय ४८ जनाले ४० कित्ता पाएका छन् ।

बाँकी ७७ हजार दुई सय ४५ जना आवेदकलाई गोलाप्रथाबाट अधिकतम ५० कित्ता सेयर वितरण गरिएको आरबीबी मर्चेन्टले जानकारी दिएको छ ।

कम्पनीका अनुसार सेयरका लागि स्वीकृत तीन लाख ९० हजार छ सय ३८ आवेदनमध्ये सबैभन्दा धेरै १० कित्ताका लागि थियो ।

 

प्रकाशित: Apr 08, 2020| 11:55 बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्