बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना परीक्षणका लागि प्रभावकारी ‘आरटीपीसीआर’मेसिन धनगढी ल्याइयो

कोरोना परीक्षणका लागि प्रभावकारी ‘आरटीपीसीआर’मेसिन धनगढी ल्याइयो

सुदूरपश्चिम प्रदेशमा एकै पटक धेरैको कोरोना परीक्षण गर्न मिल्ने आरटीपीसीआर मसिन ल्याइएको छ। नेपाली सेनाको स्काईट्रकमार्फत उक्त मेसिन धनगढी ल्याइएको छ।
 |  बुधबार, चैत २६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत २६, २०७६

धनगढी – सुदूरपश्चिम प्रदेशमा एकै पटक धेरैको कोरोना परीक्षण गर्न मिल्ने आरटीपीसीआर मसिन ल्याइएको छ। नेपाली सेनाको स्काईट्रकमार्फत उक्त मेसिन धनगढी ल्याइएको छ।

कृषि तथा पशुपंछी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय पशुपंछी रोग अन्वेषण प्रयोगशालामा रहेको उक्त मेसिन आज धनगढी ल्याइएको हो। मेसिनले तीन घण्टामा ९६ जनाको स्वाब परीक्षण गर्ने क्षमता राख्छ। मेसिनलाई आजै पशुपंछी रोग अन्वेशण प्रयोगशाला धनगढीमा जडान गरी नमुनाहरुको परीक्षण सुरु गरिने भएको छ।

प्रदेशमा कोरोना संक्रमणको जोखिम बढी भएको तर, संकलित नमुना परीक्षणमा समस्या हुन थालेपछि प्रदेश सरकारको अनुरोधमा सो मेसिन धनगढी ल्याइएको हो। सुदूरपश्चिममा संक्रमितको संख्या बढ्न थालेको भन्दै सरकारले मंगलबारदेखि यहाँ र्‍यापिड टेस्ट पनि गरिरहेको छ।

यसैबीच सोही स्काईट्रकमार्फत १ सय ४० जनाको नमूना पनि परीक्षणका लागि काठमाडौं लगिएको छ।

 

प्रकाशित: Apr 08, 2020| 12:40 बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।