२०६५ जेठ १५ मा बसेको पहिलो संविधानसभाको पहिलो बैठकले २ सय ४० वर्षे राजतन्त्र अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा परिणत गरेको थियो।
नेकपा अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्ति एकताबद्ध भई जनअपेक्षाअनुसार सुशासन र विकासमा समर्पित हुनु आजको राष्ट्रिय आवश्यकता रहेको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं गणतन्त्र दिवसका अवसरमा सन्देश दिँदै अधिकार र कर्तव्यको न्यायोचित सन्तुलनले नै गणतन्त्रलाई सफल र सार्थक तुल्याउने बताएका छन्।
शासकहरुले बहुमतको बलमा लामो समय सत्तामा टिकिरहन सकिन्छ भन्ने सोच आजैबाट त्यागिदिए हुन्छ। किनकि समाज निराश र चिन्तित छ, जुनसुकै बेला जस्तोसुकै निर्णय दिन पनि सक्छ। समय छँदै सचेत बनौं।