काठमाडौं- सुदूरपश्चिम प्रदेशको दार्चुलामा पहिलो पटक २१ वर्षीय पुरुषमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ।
महाकाली नगरपालिकाका २१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय, दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए।
संक्रमित युवक जेठ ८ गते भारतको दिल्लीबाट धार्चुला नाका हुँदै भित्रिएको बुझिएको छ। युवकको ढिलो गरी आएको (पीसीआर) रिपोर्टमा कोरोना पोजेटिभ देखिएको र उनीसँगैका अन्य ३ सय १९ को रिपोर्ट आउन बाँकी रहेको भट्टले जानकारी दिए।
संक्रमित युवक महाकाली नगरपालिकाको क्वारेन्टिनमा बसेको र जिल्ला अस्पतालमा उपचार भइरहेको छ।