आइतबार, भदौ ७, २०८३

‘कहाँ छ समाज, कहाँ छ राज्य ?’

भैरहवा– सबैखाले विभेदको अन्त्यको घोषणा भएको दिन आज गणतन्त्र दिवस । मुलुकमा शासन सत्ता र व्यवस्था परिवर्तन भएको दिन ।
 |  बिहीबार, जेठ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १५, २०७७

भैरहवा– सबैखाले विभेदको अन्त्यको घोषणा भएको दिन आज गणतन्त्र दिवस । मुलुकमा शासन सत्ता र व्यवस्था परिवर्तन भएको दिन ।

यो दिन ल्याउन सयौं जना बेपत्ता भए, सयौं जनाले ज्यानको तिलाञ्जली दिए । अहिले पनि हजारौं घाइते भएर बाँचिरहेका छन् । तर, आजको दिन पनि मान्छेहरु राज्यको खोजी गर्दै सडकमा हिँडिरहेका छन् ।

लकडाउनको बेला पनि भैरहवाको सडकमा कहाँ छ समाज ? कहाँ छ राज्य ? भन्ने प्ला कार्ड सहितको ब्यानर बोकेकाहरुले राज्यको खोजि गरिरहेका छन् ।

अन्तरजातिय सम्बन्धलाई लिएर हत्या गरिएका रुकुमका दलित समुदायका युवाको हत्यारालाई कडा कारबाहीको माग गर्दै रुपन्देहीमा निकालिएको विरोध तथा प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रममा त्यस्तो दृश्य देखिएको हो ।

रुकुम पश्चिममा दलित समुदायको युवाको हत्या गरेको विषयलाई लिएर रुपन्देहीका दलित अगुवाहरुले भैरहवामा सांकेतिक रुपमा विरोध कार्यक्रम गरेका छन् ।

जातिय भेदभाव छुवाछूतको अन्त्य गर, हत्यारालाई हदै सम्म कारबाही गर ! भन्ने नारा लेखिएको ब्यानर तथा प्ला कार्ड सहित भैरहवाको मिलन चोकदेखि निस्केको मौन र्याली जिल्ला प्रशासनमा पुगी प्रमुख जिल्ला अधिकारी माहदेब पन्थलाई ज्ञापन पत्र बुझाएको दलित अगुवा प्रेम कुमार सेन्चुरीले बताए ।

सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष समेत रहेका सेन्चुरीले भने, ‘हामीले रुकुमको घटनाको दोषीलाई हदैसम्मको कारबाहिको लागि प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छौं । देवदहमा भएको घटनाको विषयमा प्रशासनको ध्यानाकर्षण गराएका छौं ।’

रुपन्देहीका दलित अगुवाहरु पदम विश्वकर्मा, एम बि विश्वकर्मा, तेज प्रसाद विश्वकर्मा, जोगलाल विश्वकर्मा, रामकिसन विश्वकर्मा, ध्रुव लामगादे, प्रकाशमणी रामदाम लगायतको सहभागिता रहेको मौन जुलुस जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा दोषीलाई कारबाहिको माग गर्दै शान्तिपूर्ण धर्ना समेत गरेका थिए ।

प्रकाशित: May 28, 2020| 12:01 बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।