आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ मा एकैदिन थपिए ७६ संक्रमित, सबैभन्दा बढी धनुषाका

प्रदेश २ मा एकैदिन थपिए ७६ संक्रमित, सबैभन्दा बढी धनुषाका

प्रदेश २ मा एकैदिन ७६ जना कोरोना भाइरस (कोभिड १९)का संक्रमित थपिएका छन्।
 |  बिहीबार, जेठ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १५, २०७७

जनकपुरधाम- प्रदेश २ मा एकैदिन ७६ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहान सार्वजनिक गरेको विवरण अनुसार थपिएका ७६ जनामा सबैभन्दा बढी धनुषाका हुन्।

मन्त्रालयको पछिल्लो विवरण अनुसार धनुषामा २९, महोत्तरीमा १७, सप्तरीमा १४, सर्लाहीमा ७, सिरहामा ६ र रौतहटको तीनजनामा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि भएका धनुषाको २९ जनामध्ये १८ जना लक्ष्मिनीया गाउँपालिकाको क्वारेन्टिनका रहेको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए।

यसैगरी, धनुषा घर भएका ८ जनाले महोत्तरीको जलेश्वरमा स्वाब दिएको उनले बताए। प्रमुख जिल्ला अधिकारी निरौलाले धनुषामा थप भएकामध्ये प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार भइरहेका दुई जना र एक जना जनकनन्दनी गाउँपालिकाको रहेको बताएका छन्।

संक्रमण पुष्टि भएकामध्ये अधिकांश भारतको विभिन्न स्थानबाट आएका व्यक्ति रहेको उनको भनाइ छ।

संक्रमणको दर बढ्दै गएपछि आइसोलेसन बेडको समस्या देखिएको उनले बताए। प्रादेशिक अस्पताल जनकपुरमा सञ्चालन भएको कोभिड विशेष अस्पतालको आइसोलेसन बेड पहिलेदेखि भरिभराउ रहेको बताउँदै उनले महोत्तरीको जलेश्वर अस्पतालमा समेत आइसोलेसन बेडको अभाव रहेको जानकारी दिए।

बिहीबार थपिएका २९ संक्रमितलाई कहाँ राख्नेबारे छलफल भइरहेको उनले बताए।

प्रकाशित: May 28, 2020| 10:18 बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।