शुक्रबार, असोज ४, २०८१

दैलेखमा थप ८ जना संक्रमित, सबै भारतबाट फर्किएका

दैलेखमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बिहीबार, जेठ १५, २०७७
nespernesper

देव राना

देव राना

बिहीबार, जेठ १५, २०७७

सुर्खेत- दैलेखमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो पटक संक्रमित हुनेमा नारायण नगरपालिका ४ का १ वर्षीय बालक र २० वर्षीया आमा छन्। यस्तै अन्य संक्रमितको सोही नगरपालिका वडा नं १ का २६, वडा नं ३ का १९, ३०, ३८, ४० र वडा नं ५ का १७ पुरुष छन्।

triton college

बालकसहित संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला जनस्वास्थ्य कार्यालय दैलेखका डाक्टर निराजन पन्तले जनाए। संक्रमित सबैजना केही दिनअघि भारतबाट गाउँ फर्किएका थिए।

बुधबारमात्रै सुर्खेतको चौकुने गाउँपालिकामा पनि २ वर्षे बालकमा कोरोना संक्रमण पुष्टि भएको थियो। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार बुधबार राति प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा दैलेखका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

याेसमेत गरी कर्णालीमा काराेना भाइरसबाट संक्रमित हुनेकाे संख्या ४६ पुगेकाे छ।

प्रकाशित: May 28, 2020| 12:50 बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।