आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यस्ता थिए गणतन्त्र आउनुअघिका तत्कालीन राजनीतिक घटनाक्रम

यस्ता थिए गणतन्त्र आउनुअघिका तत्कालीन राजनीतिक घटनाक्रम

२०६५ जेठ १५ मा बसेको पहिलो संविधानसभाको पहिलो बैठकले २ सय ४० वर्षे राजतन्त्र अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा परिणत गरेको थियो।
 |  बिहीबार, जेठ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १५, २०७७

मुलुकमा गणतन्त्र घोषणा भएको १२ वर्ष पुगेको छ। २०६५ जेठ १५ मा बसेको पहिलो संविधानसभाको पहिलो बैठकले २ सय ४० वर्षे राजतन्त्र अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा परिणत गरेको थियो।

तत्कालीन अवस्थामा कुन कुन राजनीतिक घटनाक्रमले नेपालमा गणतन्त्र आउन सफल भयो त? गणतन्त्र आउनुअघिका केही प्रमुख राजनीतिक घटनाक्रम :

-२०५९ असोज १८ मा राजा ज्ञानेन्द्रद्वारा संसदीय निर्वाचन गराउन नसकेको भन्दै लोकतान्त्रिक ढंगले निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई पदच्युत गरी सूर्यबहादुर थापालाई प्रधानमन्त्रीमा नियुक्त

-०६१ माघ १९ मा राजा ज्ञानेन्द्र शाहबाट शाही घोषणामार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी शासन सत्ता ग्रहण

-०६२ मंसिर ७ मा तत्कालीन सात दल र विद्रोही माओवादीबीच १२ बुँदे सम्झौता

-०६२ चैत २४ देखि देशव्यापी जनआन्दोलन

-०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्रद्वारा प्रतिनिधिसभा पुनर्स्थापना

-२०६३ मंसि ५ गते विस्तृत शान्ति सम्झौता

-०६३ चैत १८ गते माओवादी अन्तरिम सरकारमा सामेल

-०६४ पुस १३ अन्तरिम संविधानमा तेस्रो संशोधन गरी नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य कायम

-०६४ फागुन १६ गते सरकार र मधेसी मोर्चाबीच सहमति

-०६४ चैत २८ संविधानसभा चुनाव

-०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट गणतन्त्रको प्रस्ताव पारित

-जेठ २९ गते साँझ नारायणहिटीबाट ज्ञानेन्द्रको बहिर्गमन

पढ्नुस्ः

गणतन्त्र दिवस : १२ वर्षसम्म नसोझिएको पुच्छर

एकपटक फेरि समाजमा खैलाबैला हुनुपर्छ : कृष्णप्रसाद सिटौला

गणतन्त्रको १२ वर्ष : छोएन भुइँमान्छेलाई

प्रकाशित: May 28, 2020| 13:35 बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।