मंगलबार, फागुन २६, २०८२

वैशाख ३ सम्म अन्तर्राष्ट्रिय हवाई सेवा स्थगित

सरकारले आगामी वैशाख ३ गतेसम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान तथा अवतरण रोक्ने निर्णय गरेको छ।
 |  आइतबार, चैत १६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत १६, २०७६

काठमाडौं - सरकारले आगामी वैशाख ३ गतेसम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान रोक्ने निर्णय गरेको छ।

National life

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज सिंहदरबारमा बसेको बैठकले कोरोना संक्रमणको त्रास कायम रहेको अवस्थालाई ध्यानमा राखेर हवाई सेवा रोक्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बताए।

सरकारले यसअघि चैत ढ देखि १८ गतेसम्म हवाई उडान रोक्ने निर्णय गरेको थियो।

बैठकले लकडाउनको समयावधि थप्ने विषयमा कुनै निर्णय गरेको छैन। यसबारे निर्णय गर्ने जिम्मेवारी मन्त्रिपरिषद्लाई दिएको छ। मन्त्रिपरिषद् बैठक केहीबेरमा बस्दै छ।

यस्तै नेपालको सीमा क्षेत्रमा अलपत्र नेपालीलाई प्रवेश दिने निर्णय गरेको छ। तर यसरी आएका नेपाली स्थानीय तहले बनाएको क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्नेछ।

Laxmi sunrise bank
kumari

बैठकले चीनबाट स्वास्थ्य उपकरण विभिन्न प्रेदशमा पठाउने निर्णय गरेको छ। जसअनुसार पीसीआर मेसिन प्रदेश २, प्रदेश ५, कर्णाली र सुदूरपश्चि प्रेदशमा एकएकटा पठाइनेछ भने एउटा मेसिन काठमाडौंमा राखिनेछ।

प्रकाशित: Mar 29, 2020| 16:46 आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।