आइतबार, भदौ ७, २०८३

संविधान संशोधनका पक्षमा छौं, भ्रममा नपरौं : देउवा

'लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भू—भाग हुन्। नेपाली कांग्रेसको धारणाबारे कुनैपनि भ्रमपूर्ण समाचारको अलमलमा नपर्न आग्रह गर्दछु।'
 |  बिहीबार, जेठ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १५, २०७७

काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सकारात्मक रहेको बताएका छन्। उनले प्रस्तावबारे पार्टीको केन्द्रीय समितिको बैठकबाट संस्थागत निर्णय गर्ने स्पष्ट पारेका छन्।

गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै सभापति देउवाले भनेका छन्, 'लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भू—भाग हुन्। नेपाली कांग्रेसको धारणाबारे कुनैपनि भ्रमपूर्ण समाचारको अलमलमा नपर्न आग्रह गर्दछु।'

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न गणतन्त्र दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

उनले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस महामारीलाई उच्च सर्तकता र दृढ मनोबलका साथ सामना गर्न आग्रह गरेका छन्।

प्रकाशित: May 28, 2020| 12:05 बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।