बुधबार, चैत ११, २०८२

ट्रेड युनियनको कार्यवाहक अध्यक्षमा पोखरेल

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष भोला पोखरेलले सम्हालेका छन्।
 |  बिहीबार, जेठ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १५, २०७७

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष भोला पोखरेलले सम्हालेका छन्।

National life

युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाल उपसचिवमा बढुवा भएपछि पोखरेललाई जिम्मेवारी दिइएको युनियनका सदस्य कुमार तिमिल्सेनाले जानकारी दिए।

उनका अनुसार उपसचिवमा रहेका कर्मचारीलाई टे«ड युनियन अधिकार नभएकाले पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो । निजामती सेवा ऐन २०४९ को दफा (५३) को (कं) मा शाखा अधिकृतस्तरसम्म मात्र टे«ड युनियनको अधिकार रहेको छ । युनियनका अध्यक्ष ढकाल गत चैत ९ गते सो पदमा बढुवा भएका थिए।

विसं २०७३ जेठ १९ गते भएको निर्वाचनबाट चुनिएको युनियनको चार वर्षे कार्यकाल यही जेठ १८ गते सकिँदैछ । कोभिड–१९ को कारणले तत्काल निर्वाचन गर्न सम्भव नभएकाले युनियनको निर्वाचनसम्बन्धी विधानको दफा (२४) ले विशष परिस्थितिका कारण एक वर्ष म्याद थप्न पाउने व्यवस्था उल्लेख भएकाले म्याद थप हुने युनियनका सदस्य तिमिल्सेनाले जानकरी दिए।
रासस

प्रकाशित: May 28, 2020| 13:06 बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।