आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सर्वोच्चको पूर्ण इजलास : बाधाअड्काउ फुकाउबारे आज निर्णय सुनाउँदै

सर्वोच्चको पूर्ण इजलास : बाधाअड्काउ फुकाउबारे आज निर्णय सुनाउँदै

सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले बन्दाबन्दीका कारण न्याय निरुपणमा पारेको बाधा फुकाउने निर्णय आज सुनाउँदै छ।
 |  बिहीबार, जेठ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १५, २०७७

काठमाडौं- सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले बन्दाबन्दीका कारण न्याय निरुपणमा पारेको बाधा फुकाउने निर्णय आज सुनाउँदै छ।

कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीले म्याद, हदम्यादका तारिखका विषयमा कानुनी स्पष्टताका लागि बृहत् पूर्ण इजलासले निर्णय सुनाउन लागेकाे हो।

सर्वोच्च अदालतमा महामारीका बेलामा म्याद र हदम्यादका तारिका विषयमा कानुनी बाधा फुकाउन प्रधानन्यायाधीशसहित १९ जनाको बृहत् पूर्ण इजलास गठन भएको थियो।

जेठ ५ गते सुनुवाइ भयसकेको निर्णय सुनाउने मिति जेठ ११ गते तय भए पनि पूर्वन्यायाधीशको निधनका कारण बिदा दिइएकाले आजका लागि सरेको हो। मुद्दाको म्याद र हदम्यादका तारिख गणना कसरी गर्ने भनेर अप्ठ्यारो स्थिति पैदा भएकाले बाधाअड्काउ फुकाउने बारेमा यस इजलासले निर्णय गर्नेछ।

नेपालको संविधानमा संवैधानिक तथा राजनीतिक समस्यामा बाधाअड्काउ फुकाउने व्यवस्था भए पनि महामारीका बेलामा न्यायालयले कसरी काम गर्ने भनेर इजलासले कानुनी स्पष्टता तय गर्ने सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए।

यही विषयमा जटिलता उत्पन्न भएकाले सर्वोच्चले महान्यायाधिवक्ता अग्नि खरेल, नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनसँग रायसुझाव मागेको थियो।

प्रशासनिक निर्णयबाट पनि हदम्याद, म्याद वा तारेख गुज्रिए के गर्ने भन्ने अन्योल देखिएपछि सर्वोच्चकै मुद्दा तथा रिट महाशाखाले प्रतिवेदन तयार पारेर इजलासमा पेस रेको थियो।

वैशाख २३ गते तयार पारिएको उक्त प्रतिवेदनमाथि वैशाख २४ गते सुनुवाइ गर्दै न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको इजलासले नेपाल बार र महान्यायाधिवक्ताको कार्यालयबाट लिखित बहस नोट मगाउने तथा मुद्दा सुनुवाइका लागि पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो। सोही आदेशअनुसार सोमबार बृहत् पूर्ण इजलास गठन भएको हो।

प्रकाशित: May 28, 2020| 13:30 बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।