एजेन्सी– इंग्लिस प्रिमियर लिग (ईपीएल)मा लिभरपुललाई लिग विजेता बन्न २ अंक आवश्यक छ। गएरातिको खेलमा क्रिस्टल प्यालेसलाई हराएसँगै उसलाई विजेता बन्न २ अंक चाहिएको हो।
पूर्वी चितवनको राप्ती नगरपालिका–११ का वडाध्यक्ष हितबहादुर योञ्जन तामाङको निधन भएको छ। उनको ४९ वर्षको उमेरमा मकवानपुरको भिमफेदीमा निधन भएको कान्छा छोरा हरि तामाङले जानकारी दिए ।
कागेश्वरी मनोहरा नगरपालिकाले रोजगारी सिर्जना हुने गरी कृषिमा संलग्न किसानका लागि निःशुल्क अन्नबाली र पशु बीमा, कृषि औजार, मल एवं बीउबिजनमा अनुदानको व्यवस्थासहितको कार्यक्रम पारित गरेको छ ।
बाँकेको राप्तीपारि नरैनापुर गाउँपालिकाले कोरोना भाइरस कोभिड–१९ संक्रमणलाई स्थिर बनाउँदै गाउँपालिकालाई कोरोनारहित बनाउने प्रण गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७७-७८ को नीति तथा कार्यक्रममा यस्तो प्रण गरिएको हो ।
कोभिड १९–को महामारी रोकथामसँगै यसका कारण रोजगारी गुमाएकालाई अवसर दिँदै उत्पादन र उत्पादकत्व वृद्धिलाई प्राथमिकतामा राखेको कास्कीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७७-७८ का लागि रु ६६ करोड १२ लाखको बजेट...