सोमबार, असार २९, २०८३

रियल मड्रिड ला लिगाको शीर्षस्थानमा

एजेन्सी– स्पेनिस जायन्ट रियल मड्रिड फेरि ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।
 |  बिहीबार, असार ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ११, २०७७

एजेन्सी– स्पेनिस जायन्ट रियल मड्रिड फेरि ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।

रियलको स्टेडियो अल्फ्रेदो स्टेफानो रंगशालामा सम्पन्न गएरातिको खेलमा मायोर्काविरुद्ध २–० गोलको सहज निकाल्दै शीर्ष स्थानमा पुगेको हो।

जितका लागि भिनियस जुनियर र सर्जियो रामोसले एक–एक गोल गरे। खेलको १९औं मिनेटमा लुका मोड्रिकले दिएको पासलाई सदुपयोग गर्दै भिनिसियसले गोल गरे। सो गोलसँगै रियलले पहिलो हाफमा एक गोलका अग्रता बनायो।

दोस्रो हाफमा रामोसले गोल गरे। उनले फ्रि किकमार्फत गोल गर्दै अग्रतालाई दोब्बर बनाए। दुई गोलको अग्रतासँगै जित हात पारेको रियलको ६८ अंक छ।

अंकतालिकामा समान ६८ अंक बनाएको बार्सिलोनालाई हेड टू हेडका आधारमा पछि पार्दै मड्रिड शीर्ष स्थानमा उक्लिएको हो। यता हारको समाना गरेको मायोर्का रेलिगेसनको भयमा छ। पुछारबाट तेस्रो स्थानको मायोर्काको २६ अंक छ।

गएराति सम्पन्न अन्य खेलमा रियल सोडिडाडलाई सेल्टा भिगोले झिनो गोल अन्तरले हराएको छ। त्यस्तै अलाभेसलाई पनि ओसुनाले १¬–० कै गोल अन्तरले हराएको छ।

ला लिगामा आजका खेलः
आइबर र भ्यालेन्सिया, राति सवा ११ बजे
रियल बेटिस र एस्पानोयल, राति पौने २ बजे

प्रकाशित: Jun 25, 2020| 06:55 बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।