मंगलबार, भदौ ९, २०८३

धनगढीको बजेट १ अर्ब ६३ करोड

धनगढी उपमहानगरपालिकाको पाँचौँ नगरसभाले उपमहानगरपालिकाले ल्याएको नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ ।
 |  बिहीबार, असार ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ११, २०७७

धनगढी उपमहानगरपालिकाको पाँचौँ नगरसभाले उपमहानगरपालिकाले ल्याएको नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ ।

उपमहानगरपालिकाकी उपप्रमुख सुशीलामिश्र भट्टले आर्थिक वर्ष २०७७-७८ का लागि रु एक अर्ब ६३ करोड ८२ लाख बराबरको अनुमानित बजेट तथा नीति कार्यक्रम नगरसभामा प्रस्तुत गरिन्। प्रस्तुत बजेटअनुसार चालू खर्चतर्फ रु ८५ करोड र पुँजीगत खर्चतर्फ रु ७८ करोड ८२ लाख रहेको जनाइएको छ ।

बजेटमा आयतर्फ आन्तरिक आय रु १९ करोड ९९ लाख ७३ हजार ६६०, वित्तिय समानीकरण रु २९ करोड दुई लाख, राजस्व बाँडफाँटबाट रु १८ करोड ४० लाख, सशर्त अनुदान रु ५० करोड २६ लाख, प्रदेश सरकार समपूरक कोष अनुदान रु दुई करोड ५० लाख, प्रदेश सरकार विशेष अनुदान रु एक करोड १४ लाख र अन्य आय रु ४२ करोड ५० लाख २६ हजार ३४० उल्लेख गरिएको छ ।

नगरसभामा रु एक अर्ब ४८ करोड चार लाख ४८ हजारको बजेट पेश गरिएको छ । जसमध्ये चालूतर्फ ७६ करोड ३६ लाख ४२ हजार १६६ रुपैयाँ ३८ पैसा रहेको छ भने पुँजीगततर्फ रु ८१ करोड, ६८ लाख पाँच हजार ८३३ रुपैयाँ ६२ पैसा रहेको छ । नगरसभामा पेश भएको बजेट नीति तथा कार्यक्रममाथि नगरसभा सदस्यले छलफल गरेका थिए ।

प्रकाशित: Jun 25, 2020| 06:45 बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।