सोमबार, असार २९, २०८३

लिभरपुल ईपीएलको उपाधिभन्दा २ अंक टाढा

एजेन्सी– इंग्लिस प्रिमियर लिग (ईपीएल)मा लिभरपुललाई लिग विजेता बन्न २ अंक आवश्यक छ। गएरातिको खेलमा क्रिस्टल प्यालेसलाई हराएसँगै उसलाई विजेता बन्न २ अंक चाहिएको हो।
 |  बिहीबार, असार ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ११, २०७७

एजेन्सी– इंग्लिस प्रिमियर लिग (ईपीएल)मा लिभरपुललाई लिग विजेता बन्न २ अंक आवश्यक छ। गएरातिको खेलमा क्रिस्टल प्यालेसलाई हराएसँगै उसलाई विजेता बन्न २ अंक चाहिएको हो।

लिभरपुलको एनफिल्ड मैदानमा सम्पन्न गएरातिको खेलमा घरेलु टिमले क्रिस्टलमाथि ४–० गोल अन्तरको सानदार जित निकाल्यो। जितका लागि ट्रेन्ट अलेक्जेन्डर अर्नोल्ड, माहम्मद सलाहा, फबिन्हो र सादियो मानेले एक–एक गोल गरे।

अलेक्जेन्डरले खेलको २३ आंैं मिनेटमा सुरुवाती गोल गरे भने सलाहाले ४४ औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर बनाए। पहिलो हाफमा २ गोलले अगाडि रहेको घरेलु टिमले दोस्रो हाफमा पनि दुई गोल थप्यो।

५५ औं मिनेटमा फाबिन्होले गोल गर्दा लिभरपुल ३ गोलले अगाडी थियो। ६९ औं मिनेटमा मानेले खेलको अन्तिम गोल गरे।

लिभरपुलको अंकतालिकामा ८६ अंक छ। उसले दोस्रो स्थानको म्यान्चेस्टर सिटीलाई २५ अंकले पछि पार्दै उपाधिका लागि तयार देखिएको छ।

यता गएरातिको खेलमा हारको सामना गरेको क्रिस्टल प्यालेस ४२ अंकका साथ नवौं स्थानमा छ।

गएराति नै सम्पन्न अन्य खेलमा न्युकाससले एटोन भिल्लासँग एक–एक गोलको बराबरी खेलेको छ। त्यस्तै नर्विच सिटीले आफ्नै मैदानमा एभर्टोनसँग पराजय भोग्दा वुल्भ्सले भने घरेलु मैदानमा बर्नेमाउथलाई हराएको छ।

प्रिमियर लिगमा आजका खेलः
साउथह्याम्टन र आर्सनल, राति पौने ११ बजे
बर्नली र वाटफोर्ड, राति पौने ११ बजे
चेल्सी र म्यान्चेस्टर सिटी, राति १ बजे

प्रकाशित: Jun 25, 2020| 07:24 बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।