मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बूढानीलकण्ठको नारा 'नगरमै व्यवसाय, आफ्ना लागि आफ्नै उत्पादन'

बूढानीलकण्ठको नारा 'नगरमै व्यवसाय, आफ्ना लागि आफ्नै उत्पादन'

बूढानीलकण्ठ नगरपालिकाले  आर्थिक वर्ष २०७७–७८ मा नगरमै व्यवसाय, आफ्नो लागि आफ्नै उत्पादन प्रयोग गरौँ कार्यक्रम शुरु गर्ने भएको छ ।
 |  बिहीबार, असार ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ११, २०७७

बूढानीलकण्ठ नगरपालिकाले  आर्थिक वर्ष २०७७–७८ मा नगरमै व्यवसाय, आफ्नो लागि आफ्नै उत्पादन प्रयोग गरौँ कार्यक्रम शुरु गर्ने भएको छ ।

नगर प्रमुख उद्धवप्रसाद खरेलले आगामी आर्थिक वर्ष २०७७–७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कार्यक्रमका लागि स्टेशनरी, विद्यालय पोशाक, खाद्य मसला, दुग्धजन्य उत्पादन र तरकारी बजारीकरणको प्रवद्र्धनमा जोड दिइने बताए।

महामारीले प्रक्रियामा भएका योजनाको कार्यान्वयनमा बाधा पुगेको र  करीब ४० प्रतिशत वडास्तरीय योजना  कार्यान्वयन भइरहेको जनाइएको छ ।  चालु आव २०७६–७७ लाई पूर्वाधार विकासको वर्ष मानी शुरु गर्ने भनिएका नगरका डेढ दर्जन सडक, आधा दर्जन ढलका योजना, खानेपानी, पुल, उद्यान, वडा कार्यालय भवनको निर्माण, मुख्य कार्यालय भवन परिसरका विभिन्न योजना, नगर अस्पताल, सार्वजनिक शौचालय, नगरद्वार, कोसेली घर, कपन क्षेत्रमा शुरु भएको मेलम्ची खानेपानी वितरण लाइन विस्तारका योजना आगामी आको बजेटमा समेट्दै छिट्टै शुरु गरी अघि बढाइने जनाइएको छ  ।

नगरपालिकाले गत आवमा कोरोना महामारीका बीच करीब ५० प्रतिशत विकासनिर्माण काम सम्पन्न गरेको छ । वडास्तरीय योजना ७० प्रतिशत सम्पन्न भएका छन् । नगरस्तरीय योजना हालसम्म ४० प्रतिशत मात्र सम्पन्न भए पनि असार मसान्तसम्म ५० देखि ५५ प्रतिशत सम्पन्न गर्ने लक्ष्य रहेको बताइएको छ ।

आन्तरिक राजस्व परिचालन र वृद्धि

नगरपालिकाले आन्तरिक स्रोतको दिगो व्यवस्थापनका लागि करको दायरा र क्षेत्र अभिवृद्धि  विस्तार गर्ने नीति लिएको । साथै करदाता शिक्षा र कर तिर्नुपर्ने नागरिक दायित्वलाई प्रभावकारी बनाउँदै नगरका सबै खालका व्यवसायलाई करको दायरामा ल्याइने छ । नगर क्षेत्रमा रहेका भौगोलिक अवस्था र ढाँचामा विकृति र जोखिम बढ्ने खालका कुनै  उद्योगलाई स्वीकृति नदिइने बताइएको छ ।

सामाजिक तथा मानवीय विकास

नगरपालिकाले  आगामी आर्थिक २०७७–७८मा महिला विकास र सशक्तीकरणका लागि महिला समूह सञ्जाल र  टोल समितिलाई क्रियाशील गराइने भएको छ  । त्यस्तै महिलाको वैयक्तिक, आर्थिक र सामाजिक सशक्तीकरणका लागि अनुदान दिनाको सट्टा नगरपालिकाबाट सोझै महिलाको माग, आवश्यकता र प्रभावकारिताका आधारमा कार्यक्रम सञ्चालन गरिने छ । साथै दलित, जनजाति,  अपाङ्गता र  अशक्तको लक्षित कार्यक्रममा अनुदानको सट्टा सम्बन्धित संस्थाको रायसल्लाहमा नगरपालिकाबाट कार्यक्रम सञ्चालन गरिने भएको छ ।

धोबीखोला करिडोर दुई वर्षभित्र पूरा गरी स्वच्छ र हरियालीयुक्त बनाउन आवश्यक समन्वय गरिने भएको छ । यसैगरी आगामी आव २०७७–७८ मा कुनै पनि सडकमा ढल निर्माण नगरी ग्राभेल र पक्की नगर्ने नीति लिइनेछ । साथै तीन सार्वजनिक शौचालय,  नगर सभागृह र  क्यान्टिन आगामी आवमा सम्पन्न गरिने छ । निर्माण भइरहेका तर ठेकेदारको कारण ढिला भएर अधुरो रहेका सडकका कार्य पूरा गर्न आवश्यक पहल गरिने जनाइएको छ ।

 

। चालु आवको कूल बजेट रु एक अर्ब ५८ करोड ४० लाख ५६ हजारको निर्धारि लक्ष्य पूरा हुन सक्ने अवस्था नरहेको बताइएको छ ।

 

प्रकाशित: Jun 25, 2020| 06:45 बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।