अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले कोरोना भाइरस महामारीका कारण विश्व अर्थव्यवस्था अनुमान गरिएको भन्दा निकै बढी प्रभावित हुने बताएको छ।
यस वर्ष (सन् २०२०) मा विश्वभरकै आर्थिक गतिविधिमा १० प्रतिशतले गिरावट आउने प्रक्षेपण आईएमएफले गरेको छ। यसअघि गत अप्रिलमा उसले विश्व अर्थव्यवस्थामा ५ प्रतिशतको मात्र गिरावट आउने बताएको थियो।
विश्वका कैयौं देशमा लागू गरिएको लकडाउनको शिकार अर्थव्यवस्था हुन पुगेको आईएमएफको भनाइ छ। मानिसहरुको आम्दानीमा परेको असरका कारण क्रयशक्तिमा कमी आउने बताइएको छ।
लकडाउन र सामाजिक दूरीको नियमका कारण मानिसको ‘मुभमेन्ट’ कम हुँदा बजारमा माग पनि घटेको छ, जसको सिधा असर अर्थव्यवस्थामा परिरहेको छ।