मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तुलसीपुरले सुत्केरी पोषण प्रोत्साहनमा छुट्यायो ४० लाख

तुलसीपुरले सुत्केरी पोषण प्रोत्साहनमा छुट्यायो ४० लाख

तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७-०७८ का लागि रु दुई अर्ब ३४ करोड ३७ लाख ६४ हजारको बजेट प्रस्तुत गरेको छ । 
 |  बिहीबार, असार ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ११, २०७७

तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७-०७८ का लागि रु दुई अर्ब ३४ करोड ३७ लाख ६४ हजारको बजेट प्रस्तुत गरेको छ । 

उपमहानगरपालिकाका उपप्रमुख माया शर्माले  नगरसभाको पाँचौँ अधिवेसनमामा पूँजीगततर्फ नगर, वडास्तरीय पूर्वाधार विकास र अन्य सशर्त कार्यक्रम तथा विकास कार्यक्रमका लागि रु एक अर्ब ६८ करोड ४७ लाख र चालुतर्फ  रु ६६ करोड २० लाख ६४ हजारको बजेट प्रस्तुत गरेकी हुन्। बजेट पूँजीगतर्फ ७२  र चालुतर्फ २८ प्रतिशत छ ।

बजेटमा स्वास्थ्य, कृषि र शिक्षालाई प्राथमिकता दिइएको छ । स्वास्थ्य जनशक्ति व्यवस्थापन, अत्यावश्यक उपकरण खरीद, नसर्ने रोगसम्बन्धी कार्यक्रम सञ्चालन र स्मार्ट ल्याब सञ्चालन गर्न रु दुई करोड, तुलसीपुर–८ मा रहेको भीमसेन नगर शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई २५ शय्याको तुलसीपुर मेट्रो अस्पतालका रुपमा विकास र विशेषज्ञसहितको सेवाको शुरुआत गर्नका लागि रु एक करोड, आमा तथा नवजात शिशुको सुरक्षाका लागि प्रदान गरिँदै आएको मातृशिशु सुरक्षा कार्यक्रमअन्तर्गत सुत्केरी पोषण प्रोत्साहनमा रु ४० लाख विनियोजन गरिएको छ ।

प्रकाशित: Jun 25, 2020| 06:45 बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।