मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्य, शिक्षा र खाद्य सुरक्षासँगै रोजगारी सिर्जनामा बुटवलको जोड

स्वास्थ्य, शिक्षा र खाद्य सुरक्षासँगै रोजगारी सिर्जनामा बुटवलको जोड

बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७-७८ का लागि रु दुई अर्ब एक करोड को बजेट प्रस्तुत गरेको छ । 
 |  बिहीबार, असार ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ११, २०७७

बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७-७८ का लागि रु दुई अर्ब एक करोड को बजेट प्रस्तुत गरेको छ ।  चालुतर्फ रु ९७ करोड ४३ लाख ५७ हजार अर्थात् करिब ४८ प्रतिशत, पूँजीगततर्फ  ९९ करोड २० लाख ९६ हजार अर्थात् ४९ प्रतिशत र वित्तीयतर्फ रु पाँच करोड अर्थात् दुई दशमलव ४८ प्रतिशत बराबरको बजेट विनियोजन भएको छ ।

सङ्घ तथा प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदानसमेतलाई समावेश गर्दै गत वर्षभन्दा करीब रु ११ करोड बढी रकमको बजेट प्रस्तुत गरिएको हो ।  उपमहानगरले गत आवमा रु एक अर्ब ९० करोडको बजेट प्रस्तुत गरेको थियो ।  उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीको अध्यक्षतामा सोमबारदेखि जारी नगरसभाको सातौँ अधिवेशनमा नगर उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक गुमादेवी आचार्यले आव ०७७-७८ का लागि बजेट प्रस्तुत गरेकी हुन्।

बजेटको मुख्य उद्देश्य सबल आर्थिक केन्द्रका रुपमा  समुन्नत बुटवल निर्माण गर्दै ‘समृद्ध बुटवल खुशी जनता’ रहेको उल्लेख छ । बुटवलमा सञ्चालनमा रहेका राष्ट्रिय गौरव, प्रदेश गौरव र बुटवलको आफ्नै नगर गौरवका आयोजना र पूर्वाधार विकासका कामलाई प्राथमिकतामा राख्दै अधुरा योजनालाई पहिले पूरा गरिने घोषणा गरिएको छ । कोभिड– १९ को महामारीले मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेको र आर्थिक सामथ्र्य खुम्चिएकाले बुटवलको बजेटमा पनि त्यसको असर परेको उल्लेख गरिएको छ ।

बजेटमा अनिवार्य दायित्व, बहुवर्षीय क्रमागत योजना, चालू आवमा कोभिड–१९ का कारण सम्पन्न हुन नसकेका योजनाको कार्यान्वयन, ममर्तसम्भार कोष, पूर्वाधार विकास, पूँजीगत भैपरी, वारुणयन्त्र, प्रकोप, शैक्षिक विकासजस्ता विभिन्न कोष समेटिएका छन् ।  बजेटको प्राथिमकतामा शिक्षा, स्वास्थ्य, खेलकूद, सामाजिक सुरक्षा तथा संरक्षण, लैङ्गिक समानता तथा समावेशीकरण, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र, आर्थिक विकास कृषि, पशुपक्षी, सिंचाइ, भूमि व्यवस्था, वन, वातावरण तथा विपद्, खानेपानी तथा सरसफाइ एवं रोजगारी, सहकारी, अनुगमन र सूचना प्रविधि शीर्षकका बजेट विनियोजन गरिएको छ ।

प्रकाशित: Jun 25, 2020| 06:15 बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।