मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कृषि, स्वास्थ्य र शिक्षामा कागेश्वरी मनोहराको विशेष कार्यक्रम

कृषि, स्वास्थ्य र शिक्षामा कागेश्वरी मनोहराको विशेष कार्यक्रम

कागेश्वरी मनोहरा नगरपालिकाले रोजगारी सिर्जना हुने गरी कृषिमा संलग्न किसानका लागि निःशुल्क अन्नबाली र पशु बीमा, कृषि औजार, मल एवं बीउबिजनमा अनुदानको व्यवस्थासहितको कार्यक्रम पारित गरेको छ ।
 |  बिहीबार, असार ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ११, २०७७

कागेश्वरी मनोहरा नगरपालिकाले रोजगारी सिर्जना हुने गरी कृषिमा संलग्न किसानका लागि निःशुल्क अन्नबाली र पशु बीमा, कृषि औजार, मल एवं बीउबिजनमा अनुदानको व्यवस्थासहितको कार्यक्रम पारित गरेको छ ।

नगरप्रमुख कृष्णहरि थापाले चौथो नगरसभामा पेश गरेको आगामी आर्थिक वर्ष २०७७-२०७८ को नीति तथा कार्यक्रम र बजेटमा कोभिड–१९ को महामारीले सिर्जित समस्या समाधानका लागि कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रका लागि विशेष बजेटको व्यवस्था गरिएको हो । नगरसभाले कोरोनाको प्रभाव नियन्त्रणका लागि नगरभित्रका स्वास्थ्य संस्थालाई प्रभावकारीरुपमा सञ्चालन र व्यवस्थापनका लागि आवश्यक बजेटको व्यवस्था गरेको छ ।

आगामी आवका लागि नगरपालिकाले आयतर्फ रु एक अर्ब ६७ करोड पाँच लाख ६९ हजारको बजेट विनियोजन गरेको छ । यसैगरी व्ययतर्फ चालू खर्चमा रु ३८ करोड ३२ लाख ८८ हजार र पूँजीगत खर्चतर्फ रु एक अर्ब २८ करोड ७२ लाख ८१ हजारको अनुमानित खर्चलाई नगरसभाले पारित गरेको नगर प्रवक्ता राजाराम पुडासैनीले जानकारी दिए।

नगरपालिकाको आगामी आवको आर्थिक विधेयकमा बन्दाबन्दीका कारण सञ्चालन हुन नसकेका उद्योग व्यवसायीको समस्या समाधानका लागि सेवा शुल्क तथा राजस्वको बक्यौतातामा जरिवाना छुट गर्ने उल्लेख छ ।

यसैगरी घरजग्गा बहाल करमा ५० प्रतिशत छुट गरेको छ । घरजग्गा कर र मालपोतमा बक्यौता रकम आगामी पुस मसान्तसम्म बुझाएमा जरिवाना नलाग्ने व्यवस्था गरिएको छ । कुनै वस्तु सेवामा मालपोत रजिष्ट्रेशन मूल्याङ्कन दस्तुर चालू आवकै यथावत् कायम गर्ने नगरपालिकाले जनाएको छ । गुणस्तरीय शिक्षाका लागि आवश्यक भौतिक पूर्वाधार पाठ्यपुस्तक तालिमका साथै विद्यार्थीका लागि दिवा खाजाको व्यवस्थासहितको नीति तथा कार्यक्रम पनि पारित गरेको छ ।

प्रकाशित: Jun 25, 2020| 06:45 बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।