प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठनको तयारी गरेका छन्। जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो समूहलाई समेटेर ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्न लागेका हुन्।
भेरी अस्पतालमा जेठ १३ मा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि आन्दोलनरत संघर्ष समितिले अस्पताल विकास समिति अध्यक्ष प्रमोद धितालको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।
हुम्लामा एक जना स्वास्थ्यकर्मीलाई हातपात भएको छ। कोरोना संक्रमित श्रीमतीको उपचार गर्न नआएको भन्दै चंलेखी गाउँपालिकाका अमृत रोकायाले स्वास्थ्यकर्मी कालीबहादुर बुढालाई हातपात गरेका हुन्।
कोरोना भाइरस महामारीको दोस्रो लहरको कारण नेपालको बिग्रँदै गइरहेको स्वास्थ्य संकटबाट बच्नको लागि कोका–कोला फाउन्डेशनले अक्सिजन उत्पादन गर्ने युनिटको स्थापना गर्न क्रियसनलाइ सहयोग गरेको छ ।