मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्त्रीमण्डल पुनर्गठनका लागि जसपासँग निर्णायक वार्ता गर्दै प्रधानमन्त्री ओली

मन्त्रीमण्डल पुनर्गठनका लागि जसपासँग निर्णायक वार्ता गर्दै प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठनको तयारी गरेका छन्। जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो समूहलाई समेटेर ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्न लागेका हुन्। 
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठनको तयारी गरेका छन्। जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो समूहलाई समेटेर ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्न लागेका हुन्। 

यसका लागि छलफल गर्न उनले जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई आफ्नो निवास बालुवाटारमा बोलाएका छन्। ठाकुर निकट एक कार्यकारिणी समितिका सदस्यका अनुसार आजै दिउँसो साढे १ बजेपछि भेटवार्ता हुन लागेको छ। 

जसपा सरकारमा सहभागी हुनेबारे अन्तिम छलफल गर्न प्रधानमन्त्री र जसपाका नेताहरुबीच भेटवार्ता हुन लागेको हो। ‘हामी सरकारमा सहभागी हुने कुरा त टुंगो लागि नै सकेको कुरो हो। केही विषयमा अझै छलफल गर्न बाँकी रहेकाले अहिले दिउँसो भेटवार्ता हुँदैछ। त्यो भेट सकारात्मक भए आजै सरकारमा सहभागी हुन्छौं।’

प्रधानमन्त्री निकट स्रोतका अनुसार पनि मन्त्रिपरिषद् पुनगर्ठनका लागि आवश्यक सबै तयारी पूरा भइसकेको छ। जसपाबाट मन्त्री बन्नेहरुको नामावाली प्राप्त भएपछि प्रधानमन्त्रीले मन्त्री नियुक्त गरेर शपथ आजै गराउनेसम्मको सबै तयारी गरिसकेका छन्।  ती नेताका अनुसार आज कुनै कारणले निर्णय नभए पनि एक–दुई दिनमा जसपा सरकारमा सहभागी भइसक्ने छ। 

सरकारमा साझेदारी गर्ने सहमतिअनुसार ठाकुर पक्षले प्रधानमन्त्री ओलीलाई साथ दिँदै आएको छ। ठाकुर पक्षले ओलीलाई प्रधानमन्त्रीमा समर्थन रहेको पत्र यसअघि नै बुझाइसकेको छ। 

पार्टीभित्रको विवादले विभाजनकै संघारमा पुगेको बेला ठाकुर पक्ष सरकारमा सहभागी हुन तयार भएको हो। प्रधानमन्त्री ओली जसपालाई यसअघि नै ८ मन्त्री र २ राज्यमन्त्री दिन तयार भइसकेका छन्।

‘हाम्रो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जानेबारे विवाद छैन,’ ती कार्यकारीणी सदस्यले भने,‘कुन कुन मन्त्रालय भन्ने आज टुंगो लाग्छ होला।’ जसपाबाट शरतसिंह भण्डारी, राजकिशोर यादव, अनिल झा, उमाशंकर अरगरीया, विमल श्रीवास्तव, चन्दा चौधरी, रेनुका गुरूङ, चन्द्रकान्त चौधरी मन्त्री बन्ने लगभग पक्कापक्की भएको छ। एकदुईजनाको नाम फेरबदल हुन सक्ने देखिएको छ।

प्रकाशित: Jun 04, 2021| 07:38 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।