काठमाडौं- नेकपा एमालेको माधव झलनाथ समूहको केन्द्रीय कमिटीको दोस्रो दिनको छलफल सुरु भएको छ।
केन्द्रीय सदस्य झपट रावलले केहीबेर अघि बैठक सुरु भएको जानकारी दिए। उनका अनुसार अहिलेसम्म दशजना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका छन्।
बिहीबार देखि सुरु भएको छलफलमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम नसकिएकाले आज पनि बैठक बसेको हो।
केन्द्रीय सदस्यहरुले नेतृत्वलाई केपी ओलीका सामू झुकेर कुनै सहमति नगर्न दवाव दिएका छन्। आज सबै केन्द्रीय सदस्यहरूको छलफल सकिएपछि नेतृत्वले आगामी रणनीति बारे आवश्यक निष्कर्ष दिने बताइएको छ।
