सोमबार, चैत ९, २०८२

स्वास्थ्यकर्मीमाथिको आक्रमण भेरी अस्पताल अध्यक्षका लागि नाटक!

भेरी अस्पतालमा जेठ १३ मा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि आन्दोलनरत संघर्ष समितिले अस्पताल विकास समिति अध्यक्ष प्रमोद धितालको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। 
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

काठमाडौं- भेरी अस्पतालमा जेठ १३ मा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि आन्दोलनरत संघर्ष समितिले अस्पताल विकास समिति अध्यक्ष प्रमोद धितालको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। 

National life

संघर्ष समितिले विज्ञप्ति जारी गर्दै अध्यक्ष धितालले सामाजिक सञ्जालमा गैरजिम्मेवार तरिकाबाट बारम्बार उत्तेजित हुने धम्कीपूर्ण विचार सम्प्रेषण गर्दै आएको जनाएको छ।

स्वास्थ्यकर्मी आक्रमणको घटनापश्चात जेठ १५ देखि स्वास्थ्यकर्मीले सांकेतिक आन्दोलनमार्फत् दोषीलाई कारबाहीको माग तथा सुरक्षाको माग गरेका थिए। 

कठिन परिस्थितिमा अध्यक्षले एक कुशल अभिभावकत्व निभाउनुपर्नेमा अध्यक्षबाट आएको गम्भीर प्रकृतिका अभिव्यक्तिबाट संघर्ष समिति मर्माहित भएको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा नेपाल चिकित्सक संघ भेरी शाखाका अध्यक्ष तथा संघर्ष समितिका संयोजक डा. बिनोद कर्ण, सदस्यहरू लक्ष्मी केसी, होमनाथ सुवेदी, शिला शर्मा, प्रचण्ड गौतम, कुहिनुर फारुकी र सुमन गिरीले हस्ताक्षर गरेका छन । 

Laxmi sunrise bank
kumari

दाङका कोरोना संक्रमित एक व्यक्तिको उपचारका क्रममा गत १३ गते राति मृत्यु भएपछि मृतकका दुई भाइ र छोराले आईसीयूमा छिरेर स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका थिए। 

आगामी दिनमा यसप्रकारको गैरजिम्मेवारपूर्ण अभिव्यक्तिका कारण शान्तिपूर्ण विरोध कार्यक्रम उत्तेजित भई अस्पतालको सेवामा प्रभाव परेमा त्यसको जिम्मा सम्बन्धित पक्षले लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ।

अस्पताल विकास समितिका अध्यक्ष धितालले फेसबुकमा लेखेको स्टाटस यस्तो छ। जिल्ला प्रशासन कार्यालय हुम्लाले पीडित स्वास्थ्यकर्मीलाई प्रहरीमा उजुरी गर्न लगाएर घटनाको छानविन गर्ने जनाएको छ।

‘कोरोना संक्रमितको लागि हेलिकोप्टर झिकाउन पहल नगरेको स्वास्थ्यकर्मीले दुव्र्यवहार भएको खबर आएको छ’ हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले भने, ‘घटना स्थलमा प्रहरी पुगेको छ, सत्यतथ्य बुझदैछौं। दुर्यवहार गर्ने शिक्षककी श्रीमतीको अक्सिजन लेभल र स्वास्थ्य अवस्था सामान्य छ। संक्रमित होमआइसोलेसनमा थिइन्।

प्रकाशित: Jun 04, 2021| 07:26 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्