मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्यकर्मी र बिरामीका कुरुवालाई मास्क प्रदान

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्यकर्मी र बिरामीका कुरुवालाई मास्क प्रदान

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्यकर्मी र बिरामीका कुरुवालाई मास्क प्रदान गरिएको छ।
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

काठमाडौं- त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्यकर्मी र बिरामीका कुरुवालाई मास्क प्रदान गरिएको छ। नेपाल स्वास्थ्य कर्मी संघ त्रिवि शिक्षण अस्पताल इकाइ समिति नेपाल विद्यार्थी संघ महाराजगञ्ज मेडिकल क्याम्पस इकाइ समितले संयुक्त रुपमा मास्क वितरण गरेको हो।

दुवै समितिका महासचिव सुमित बोहराले ३५ सय थान मास्क वितरण गरिएको बताए। 'हामीले ३ हजार सर्जिकल र ५ सय थान एन९५ मास्क वितरण गरेका हौं', उनले भने।

उनले महामारीमा बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई सहयोग पुगोस भन्ने उदेश्यले मास्क बितरण गरिएको बताए।

नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रीय महासचिव दिपक भट्टको पहलमा मास्क वितरण कार्यक्रम आयोजना गरिएको हो।

संघका कालिप्रसाद रोस्यारा, सचिव बोहरा र सहसचिव प्रेमसुन्दर प्रधान तथा जेनिस कुवर र पारस खड्काले मास्क बितरण गरेका हुन्।

प्रकाशित: Jun 04, 2021| 06:43 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।