मंगलबार, असोज १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न नबिल बैंकले विशेष साधारणसभा बोलायो 

युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न नबिल बैंकले विशेष साधारणसभा बोलायो 

 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

काठमाडौं– युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न नबिल बैंकले विशेष  साधारणसभा बोलाएको छ ।

युनाइटेड फाइनान्सले नबिलमा विलय हुने प्रस्ताव पारित गर्न र नबिलले युनाइटेडलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्न  आउँदो असार ५ गतेको लागि विशेष साधारणसभा बोलाइएको हो।

दुवै संस्थाले भर्चुअल माध्यमबाट गर्ने साधारणसभा बिहान ११ बजेट केन्द्रीय कार्यालयमा हुने जनाएका छन् । नबिल बैंकले युनाइटेड फाइनान्सको १०० कित्ता सेयर नबिलको ३५ कित्ता हुने गरी मर्जर प्रस्ताव पारित गर्न लागेको हो ।

यस्तै, एक्विजिसनसम्बन्धी सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव साधारणसभामा जानेछ । विशेष साधारणसभा प्रयोजनाको लागि दुवै कम्पनीले जेठ १८ गते सेयरधनी दर्ता किताब बन्द गर्ने भएका छन् । जेठ २७ गतेसम्म कायम नबिल बैंकका सेयरधनीले सभामा भाग लिन पाउनेछन्
 

प्रकाशित: Jun 04, 2021| 06:43 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्