काठमाडौं– ज्यास्मिन हाइजीनले नेपकिन व्यवस्थापन गर्न सेफ्टि इनसिनेटर मेसिन बजारमा ल्याएको छ।
कम्पनीका अनुसार यो मेशिनले एक दिनमा १०० प्याडसम्म डिस्पोज गर्न सक्दछ। मेशीन विद्युतबाट सञ्चालित हुन्छ र प्रयोगकर्ता मैत्री पनि छ।
जब प्रयोगमा आउँदैन यो मेसिन स्वचालित रूपमा बन्द हुन्छ। यसमा खरानी सफा गर्ने ट्रे समेत समाबेश छ। यसले ब्याक्टेरिया र गन्ध समेत हटाउँदछ। यसबाट आउने खरानी जुन मलको रूपमा समेत प्रयोग गर्न सकिन्छ र यो पानीमा सजिलैसँग घुल्ने गर्दछ।
जहाँ महिनावारि स्वास्थ्य र सरसफाइको बारेमा सचेतना प्रदान गर्नुको महत्त्व आवस्यक हुन्छ, त्यहाँ सेनेटरी नेपकिनको प्रयोगको कारण हुने फोहोरको समस्या सधैँ उत्पन्न हुन्छ। हाल नेपालमा जुन तरिकाले नेपकिन नष्ट गर्ने गरिएको छ त्यसले भविष्यमा फोहोर ब्यबस्थापनका कार्यमा अझै बढी समस्या सिर्जना उत्पन्न गर्ने कम्पनीको आशंका छ।
ज्यास्मिन हाईजीनले हालसालै सेफ्टी सेनेटरी प्याड भेन्डिङ मेशीन पनि ल्याएको थियो जसबाट आवश्यक परेको समयमा किराना पसल वा फार्मेसीमा गए बिना नै सहज रुपमा स्यानेटरी प्याडको प्रयोग गर्न सक्ने पहुँच बनाएको छ। कार्ड वा सिक्काको प्रयोग बाट सजिलै मेसिनबाट सेनेटरी प्याड प्राप्त गर्न सकिन्छ।
ज्यास्मिन हाइजिन पहिलो र प्रतिष्ठित नेपाली कम्पनी हो, जसले सेनेटरी प्याड नेपालमै उत्पादन गर्दछ। कम्पनीले १५ बर्षदेखि सेनिटरि प्याड लगायतका समाग्री उत्पादन गरिरहेको छ। सेफ्टि सेनेटरी प्याड, कुडलर, शेल्ड मास्क यसको प्रतिष्ठित उत्पादनहरू हुन्।