मंगलबार, असोज १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • रिचार्जरले भित्र्यायो उत्कृष्ट ब्राण्डका अक्सिजन कन्सन्ट्रेटर

रिचार्जरले भित्र्यायो उत्कृष्ट ब्राण्डका अक्सिजन कन्सन्ट्रेटर

 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

काठमाडौं– इ–कमर्स प्लेटफर्म रिचार्जरले कोभिड बिरामीका लागि आवश्यक पर्ने उत्कृष्ट ब्राण्डका अक्सिजन कन्सन्ट्रेटर नेपाली बजारमा भित्र्याएको छ।

यसअघि कोभिड प्रोटेक्टिभ उपकरणको बिक्रीवितरण गर्दै आएको रिचार्जरले अक्सिजनको अभावलाई ध्यानमा राख्दै अस्पताल तथा घरायसी प्रयोजनका लागि ठूलो संख्यामा अक्सिजन कन्सन्ट्रेटर भित्र्याएको हो ।

ग्लोबल की टेक्नोलोजी रिचार्जरले विश्व बजारका उत्कृष्ट ब्राण्ड भित्र्याएसँगै राष्ट्रिय आविष्कार केन्द्रले रिचार्जरबाट ठूलो संख्यामा अक्सिजन कन्सन्ट्रेटर खरिद गरेको छ।

रिचार्जरबाट आविष्कार केन्द्रले ५ लिटर तथा १० लिटर क्षमताका विभिन्न ब्राण्डका सय थानभन्दा बढी अक्सिजन कन्सन्ट्रेटरहरु खरिद गरेको हो ।

उत्कृष्ट ब्राण्डमध्ये काइया जेटवाई–५सीए ५ लिटर १७.८ किलो, क्युजे–जेटवाई१०एलए १० लिटर ३६ किलो र केरर ब्राण्डको ५ लिटरको सीआर–एफ५एसडब्ल्यू, सीआर–पी५डब्ल्यू अक्सिजन कन्सन्ट्रेटर लोकप्रिय छन्।

लोकप्रिय मानिएका ब्राण्डलाई पहिलो प्राथमिकतामा राख्दै राष्ट्रिय आविष्कार केन्द्रबाट जाँच पास भएको २ वर्षसम्मको वारेन्टी उपलब्ध गराउने रिचार्जरले जनाएको छ।

घरायसी तथा अस्पताल प्रयोजनका ५ र १० लिटर क्षमताका अक्सिजन कन्सन्ट्रेटरहरु ३५ हजार रुपैयाँदेखि १ लाख ८८ हजार सम्ममा उपलब्ध हुनेछन् ।

नेपाली बजारमा कोभिडसँग सम्बन्धित सामान खरिदका लागि रिचार्जर रोजाइमा परेको छ। एनजीओ, आईएनजीओ, अस्पताल, बैंक, फाइनान्स, कोअप्रेटिभ, कर्पोरेट हाउसलाई रिचार्जरले सहज रुपमा बजारमूल्यभन्दा सस्तोमा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउनेछ।

पल्स अक्सिमिटर, मास्क, सेनिटाइजर, पीपीई सेटलगायतका सामान रिचार्जर एपमा सस्तो मूल्यमा उपलब्ध हुनेछ।

एनआईसी एसिया बैंकको भिसाकार्ड वाहकले किस्ताबन्दीमा अक्सिजन कन्सन्ट्रेटर खरिद गर्न सक्ने ग्लोबल कि टेक्नोलाजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए ।

प्रकाशित: Jun 04, 2021| 07:04 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्