काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एफ वान सफ्ट इन्टरनेशनल प्रालिसँग सहकार्य गरेर आफ्ना ग्राहकको सुविधाका लागि “पे डे लोन” नामक नयाँ कर्जा सुविधा सार्वजनिक गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले “पे डे लोन” योजना सार्वजनिक गरेका हुन् ।
बैंकमा तलब खाता संचालन गरिरहेका तथा बचत खातामा नियमित कारोबार गर्ने ग्राहकहरुले अधिकतम ३० दिन सम्मका लागि अधिकतम २ लाख सम्म मोबाइल बैकिङ्गबाट “पे डे लोन” सुविधा सहजै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार यो कर्जाको लागि कुनै पनि निवेदन दिन र कानूनी कागजात गरी रहनु पर्ने छैन ।
ग्राहकहरुलाई आवश्यक भइरहने खर्च व्यवस्थापन गर्न“पेडे लोन” सुविधाबाट अधिकतम लाभ प्राप्त हुनेमा बैंक विश्वस्त रहेको छ । बिना धितो, बिना कागजी प्रक्रिया, बिना बैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिने जस्ता विशेषताले गर्दा यो लोकप्रिय हुने विश्वास बैंकले लिएको छ ।