मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • श्रीमतीको उपचार गर्न नआएको भन्दै स्वास्थ्यकर्मीमाथि आगो लगाउने प्रयास

श्रीमतीको उपचार गर्न नआएको भन्दै स्वास्थ्यकर्मीमाथि आगो लगाउने प्रयास

हुम्लामा एक जना स्वास्थ्यकर्मीलाई हातपात भएको छ। कोरोना संक्रमित श्रीमतीको उपचार गर्न नआएको भन्दै चंलेखी गाउँपालिकाका अमृत रोकायाले स्वास्थ्यकर्मी कालीबहादुर बुढालाई हातपात गरेका हुन्। 
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

सुर्खेत- हुम्लामा एक जना स्वास्थ्यकर्मीलाई हातपात भएको छ। कोरोना संक्रमित श्रीमतीको उपचार गर्न नआएको भन्दै चंलेखी गाउँपालिकाका अमृत रोकायाले स्वास्थ्यकर्मी कालीबहादुर बुढालाई हातपात गरेका हुन्। 

हातपात गर्ने रोकाया पेशाले शिक्षक हुन् भने बुढा चंखेली गाउँपालिकाका स्वास्थ्य संयोजक हुन्। कोरोना संक्रमित श्रीमतीको उपचारमा लाप्रवाही गरेको भन्दै स्वास्थ्यकर्मीमाथि हातपात भएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताए। 

‘श्रीमतीको उपचारमा ख्याल नगरेको भन्दै शिक्षिकले दुर्व्यवहार गर्नुभयो,’ सिंहले भने, ‘सेनिटाइचर टाउकोमा खन्याएर आगो लगाउने पर्यास गरिएको थियो। स्थानीयहरू आएर बचाएछन्।’ 

बिहान ८:१० बजे आफ्नो कोठामै आएर आक्रमण गरेको स्वास्थ्यकर्मी बुढाले नेपाल समयलाई बताए। शिक्षक रोकायालेले कम्प्युटरमा समेत तोडफोड गरेका छन्। 

श्रीमतीको उपचारको लागि हेलिकोप्टरको व्यवस्था नगरेको भन्दै आक्रोसित भएर आक्रमण गरेको बताइएको छ। कोरोना संक्रमितको अवस्था भने सामान्य छ। गाउँपालिका अध्यक्ष धनलाल चौलागाईंले अहिले घटनाबारे छलफल जारी रहेको बताएका छन्।

प्रकाशित: Jun 04, 2021| 07:16 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।