मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोहलपुर-सुर्खेत विद्युत् प्रसारण लाइन : मागियो १३ हजार रूख काट्ने अनुमति

कोहलपुर-सुर्खेत विद्युत् प्रसारण लाइन : मागियो १३ हजार रूख काट्ने अनुमति

कोहलपुर-सुर्खेत १३२ केभीए विद्युत् लाइन विस्तार आयोजनाले १३ हजार ५६ वटा रूख काट्ने अनुमति मागेको छ।
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

सुर्खेत - कोहलपुर-सुर्खेत १३२ केभीए विद्युत् लाइन विस्तार आयोजनाले १३ हजार ५६ वटा रूख काट्ने अनुमति मागेको छ। आयोजना क्षेत्रभित्र पर्ने रूखहरू काट्नका लागि सरकारसँग अनुमति माग गरेको हो। 

आयोजना प्रमुख रविकुमार चौधरीका अनुसार सुर्खेतमा ६ हजार ८२०, बर्दियामा तीन हजार ३२० र बाँकेमा दुई हजार ९१६ वटा रूख काट्न अनुमति माग गरिएको छ।

सुर्खेतमा भेरीगंगा, लेकवेशी र वीरेन्द्रनगर नगरपालिका, बर्दियाको बर्दिया राष्ट्रिय निकुञ्ज, बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका क्षेत्रभित्रका रूखहरू काट्नको लागि अनुमति माग गरिएको उनको भनाइ छ। 

‘स्थलगत रूपमा गरिएको विस्तृत अध्ययनले १३ हजारभन्दा बढी रूख काट्नुपर्ने भएको छ,’ आयोजना प्रमुख चौधरीले भने, ‘रूख कटान नेपाल सरकारसँग अनुमतिको माग गरिसकेका छौं।’

आयोजनाले रूख काट्ने अनुमतिका लागि निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्राइभेट लिमिटेडले तयार पारेको प्रतिवेदन सरकारसँग पेस गरेको छ। नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयमा अनुमति फाइल पेस गरेको हो।

आयोजना ऊर्जा विकास मन्त्रालयसँग सम्बन्धित भए पनि रूख कटान अनुमतिका लागि लागि वन तथा वातावरण मन्त्रालयमा समेत उक्त फाइल पेस गरिएको हो। 

रूख कटानको अनुमतिका लागि मन्त्रिपरिषद्को बैठकले निर्णय गर्नुपर्छ। तर, हाल ऊर्जामन्त्री पद रिक्त भएका कारण फाइल मन्त्रिपरिषद्मा लैजान ढिलाइ हुने संकेत देखिएको छ। ऊर्जा मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हाल्दै आएका छन्।

हाल कोहलपुर–सुर्खेत खण्डमा ३२ केभीए विद्युत् लाइनमात्रै छ। आयोजना विस्तार गर्दा ठूला पोल (विद्युत् खम्बाहरू) राख्नुपर्ने र त्यसले धेरै क्षेत्र ओगट्ने भएका कारण रूखहरू काट्नु पर्ने भएको हो। आयोजनामा कुल १६० पोल निर्माण गर्नुपर्ने छ। तीमध्ये १३० वटा पोलहरू सार्वजनिक तथा राष्ट्रिय निकुञ्ज र बाँकी ३० वटा पोलहरू व्यक्तिको जग्गामा निर्माण हुने छन्, जसमा केही एंगल टावरसमेत रहने छन्। 

गएको असार २२ गते भारतीय निर्माण कम्पनी ‘आरएस इन्फ्राप्रोजेक्ट प्राइभेट लिमिटेड’ ले ७० करोडमा आयोजनाको ठेक्का लिएको छ। सम्झौताअनुसार कम्पनीले विद्युत्लाइन प्रसारणका लागि डिजाइन, निर्माण, परीक्षण, वितरण र प्लान्टको खरिदलगायतका सम्पूर्ण कामहरू दुई वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने छ।

प्रकाशित: Jun 04, 2021| 06:32 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।