बिहीबार, साउन २२, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नोकिया सी २० स्टनिङ र फिनिस क्वालिटी भएको फोन ११ हजारमा

नोकिया सी २० स्टनिङ र फिनिस क्वालिटी भएको फोन ११ हजारमा

 |  शुक्रबार, जेठ २१, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

vianetvianet

काठमाडौं– एचएमडी ग्लोबल, होम अफ नोकिया फोन्सले नवीनतम सी–सिरिज स्मार्टफोन, नोकिया सी २० को लन्च गरेको छ ।

लाइफ इज टू बी लिभ्ड नर्डिक डिजाइन र बिल्ड–क्वालिटीबाट निर्मित, अल–डे ब्याट्री लाइफ भएको एन्ड्रोइड गो एडिसन र सुरक्षा अपडेट–सबै ११ हजार मूल्य अन्तर्गत–नोकिया सी २० ले प्रदान गर्ने कम्पनीले जनाएको छ ।

तीन वटा छुट्टै स्मार्टफोन सिरिज मध्य एकको प्रतिनिधित्व गर्दै एक्स–सिरिज, जी–सिरिज र सी–सिरिज रहेको नोकिया सी २० ले स्मार्टफोन टेक्नोलोजीलाई अझ बढी सुलभ बनाउँने जनाइएको छ। यसको अल्ट्रा–हाई भ्यालु प्राइस प्वाइन्ट र स्टान्डर्डको रुपमा दुई वर्षको फ्रि सेक्युरिटी अप्डेटले उपभोक्तालाई पिस अफ माइन्ड प्रदान गर्ने कम्पनीको दाबी छ ।

प्यान एसिया एचएमडी ग्लोबलका महाप्रबन्धक रवि कुँवरले भने, “नोकिया फोनको सबै उपकरणहरुलाई एचएमडी ग्लोबलको सन्देश– लभ इट, ट्रस्ट इट र किप इटले दर्शाउँछ। लभ इट–हामी उपकरणहरुको साथ अद्वितीय स्मार्टफोनको एक्सपेरियन्सहरु प्रदान गर्दछौँ जसले राम्रो ब्याट्री लाइफ, छिटो प्रदर्शन र एक्सेप्सनल डिजाइन फिलोसोफी प्रदान गर्दछ जसको कारण प्रशंसकहरु नोकिया फोनहरु प्रति अझै बढी आकर्षित हुन्छन् ।” स्यान्ड र डार्क ब्लु रंगमा नोकिया सी २–३२ जीबीको कन्फिगरेशनमा नेपाली ११ हजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
 

प्रकाशित: Jun 04, 2021| 06:46 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्