मंगलबार, असोज १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • हुवासिन सिमेन्ट उद्योगले वागती सरकारलाई दियो स्वास्थ्य सामग्री

हुवासिन सिमेन्ट उद्योगले वागती सरकारलाई दियो स्वास्थ्य सामग्री

 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

काठमाडौं– हुवासिन सिमेन्ट उद्योगले वागती प्रदेश सरकारलाई विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएको छ।

धादिङको बेनीघाट रोराङ गाउँपालिकामा सिमेन्ट उद्योग स्थापना गरिरहेको चिनियाँ कम्पनी हुवासिनले आज वागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई आठ थान अक्सिजन कन्सेप्टर र ५०० थान एन्टिजेन किट उपलब्ध गराएको हो।

सो कम्पनीले विज्ञप्ति प्रकाशन गरी महामारीका समयमा स्वास्थ्य सामग्री उपलब्ध गराइएको जनाएको हो। उद्योगले यसअघि रु ५० लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो।

धादिङ जिल्ला अस्पताल तथा सिद्धलेक, गजुरी र बेनीघाट रोराङ गाँउपालिकालाई पनि तीन दर्जन अक्सिजन सिलिण्डर उपलब्ध गराइएको उद्योगले जनाएको छ।

उद्योगले कोभिड महामारीको प्रकोप चाँडै नियन्त्रणमा आउने विश्वास व्यक्त गर्दै उपचारत कोरोना संक्रमितको स्वास्थ्यलाभ तथा दिवंगतप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ। उद्योगले थप स्वास्थ्य सामग्री नेपाल सरकारलाई उपलब्ध गराउन प्रयासरत रहेको जनाएको छ। 

प्रकाशित: Jun 04, 2021| 07:01 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्