शनिबार, असोज १७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

आधिकारिकता पाएपछि जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक

जनता समाजवादी पार्टी(जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगबाट निरुपण भएपछि जसपाले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

संसद् सरकारसँग होइन, सरकार संसद्सँग डराउनुपर्छ : थापा

नेपाली कांग्रेसका नेता गगन थापाले नयाँ सरकारलाई केपी ओली नेतृत्वको सरकारले झैं कुनै पनि अपराध गर्न छुट नभएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

मन्दिरको सुन चोरी : सात जना प्रहरी नियन्त्रणमा

बैतडीको एक मन्दिरको सुन चोरीको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकामध्ये चार जना सुन चोरीमा संलग्न र तीन जना भने सुन खरिद गर्ने व्यापारी रहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

जसपाको ठाकुर पक्ष आन्तरिक छलफलमा, सरकारमा नजाने

जनता समाजवादी पार्टीको आधिकारिकता गुमाएको महन्थ ठाकुर पक्षले आगामी रणनीतिबारे छलफल सुरु गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

रुकुममा भैंसीलाई घाँस हाल्न गोठ गएकी महिलाको रहस्यमय मृत्यु

रूकुम पश्चिममा एक महिलाको रहस्यमय मृत्यु भएको छ। मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–४ छरीखोलाकी २६ वर्षीया मनकला खत्री (खड्का) छन्। 
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

यी हुन् कांग्रेस कार्यकर्ताले नयाँ क्रियाशील सदस्यता नपाएका स्थानीय तह र वडा

नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले विभिन्न जिल्लाका नयाँ क्रियाशील सदस्यता १५ औं महाधिवेशनसम्मका लागि स्थगन गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

अन्य दलबाट आएका यी नेताकार्यकर्ताको क्रियाशील सदस्यता टुंगो लाग्न सकेन (विवरणसहित) 

नेपाली कांग्रेसको क्रियाशील छानबिन समिति अन्य दलबाट पार्टी प्रवेश गरेका नेता कार्यकर्ताको क्रियाशील सदस्यतामा सहमति जुटाउन असफल बनेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

आयोगमा पदाधिकारी नियुक्ति नभए आमरण अनशन बस्ने चेतावनीसहित शिक्षकले मन्त्रीलाई पठाए एसएमएस

शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्तिको माग गर्दै शिक्षकले आवाज उठाए पनि शिक्षा सचिव रामप्रसाद थपलियाले पदाधिकारी नियुक्तिको फाइल नै मन्त्रिपरिषद्मा पेस नगरेका कारण मन्त्रिपरिषद् बैठकमा छलफल नभएको स्रोतको दाबी छ। 
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

कोरोनाको तेस्रो लहरका लागि यस्तो छ सरकारको तयारी

सरकारले असोज १५ देखि नेपालमा कोरोना संक्रमणको तेस्रो लहर आउने प्रक्षेपण गरेसँग यसका लागि तयारी थालेको छ। स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले तेस्रो लहर...
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

ओली–नेपाल वार्ताको प्रयास जारी, एकता बिथोल्ने अभिव्यक्ति नदिन आग्रह

कपा एमाले असन्तुष्ट पक्षको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि भइरहेका प्रयास बिथोलिने गरी दुवै पक्षलाई अभिव्यक्ति नदिन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

के कुलमान विद्युत् प्राधिकरण फर्कँदै छन्?

प्राधिकरणको कार्यकारी नेतृत्वमा शाक्य रहिरहँदा कुलमान घिसिङलाई प्राधिकरणमा ल्याउन त्यति सहज भने छैन। यसका लागि सकारले सो पदबाट शाक्यलाई अरु नै स्थानमा लैजानुपर्ने हुन्छ। त्यसैले यो विषय उच्च तहमा छलफलको...
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

कोरोना खोप लगाउनेको नाम घरमै पुगेर दर्ता गरिँदै

धनगढी उप-महानगरपालिकाले नगरभित्र कोरोनाविरुद्धको खोप लगाउने कार्यलाई व्यवस्थित गर्न घर-घरमा गएर नाम दर्ता गर्न थालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

काठमाडौंबाट बाहिरिँदै मनाङ मर्स्याङ्दी क्लब, पोखरामा फुटबल एकेडेमी चलाउने

सहिद स्मारक ए डिभिजन लिगको सर्वाधिक विजेता क्लब मनाङ मर्स्याङ्दीले पोखरामा फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

फिल्म छायांकनका क्रममा अभिनेता बिराज भट्ट घाइते

अभिनेता विराज भट्ट फिल्मको छायांकन क्रममा घाइते भएका छन्। भोजपुरी फिल्म ‘आक्रोश’को छायांकनका क्रममा उनी घाइते भएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

पाटन अस्पतालमा २० वटा भेन्टिलेटर किन्दा १ करोड ६० लाख भ्रष्टाचार!

अस्पतालले एउटा भेन्टिलेटरको १७ लाखका दरले २० वटा भेन्टिलेटर ३ करोड ४० लाखमा ल्याउने गरी टेन्डर हालेको म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्सलाई अस्वीकृत गरेको छ। यसविपरीत २५ लाखका दरले पाँच करोडमा २०...
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

कोसी नदीमा डुबेर ८ वर्षीय बालकको मृत्यु

कोसी नदीमा डुबेर ८ वर्षीय बालकको मृत्यु भएको छ। नदी किनारमा दाउरा संकलन गर्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

कांग्रेस पदाधिकारी बैठक बस्दै, के छन् एजेन्डा?

बूढानिलकण्ठमा नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्न लागेको छ। बैठक मंगलबार बिहान ९ बजे सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवासमा बस्न लागेको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

साउनमा पनि कुखुराको मासुको मूल्य अचाक्ली महँगो

धार्मिक मान्यताअनुसार साउन व्रतको महिना हो। धेरैले साउनमा माछामासु खाँदैनन्। त्यसैले अन्य महिनाको तुलनामा साउनमा मासुको खपत पनि कम हुने व्यवसायी बताउँछन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

कांग्रेस क्रियाशील सदस्यमा युवाको वर्चस्व, पुरुष ७४ प्रतिशत  

चार लाख ४३ हजार ६७८ जना नयाँ सदस्य थपिएका छन् भने चार लाख नौ हजारको नवीकरण भएको छ। लिंगका आधारमा हेर्दा कांग्रेस क्रियाशील सदस्यतामा पुरुषको वर्चस्व देखिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

दुई लाख नगदसहित सुर्खेतमा आठ जुवाडे पक्राउ

सुर्खेतमा दुई लाख नगदसहित आठ जना जुवाडे पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८