बिहीबार, भदौ ४, २०८३

दुई लाख नगदसहित सुर्खेतमा आठ जुवाडे पक्राउ

सुर्खेतमा दुई लाख नगदसहित आठ जना जुवाडे पक्राउ परेका छन्।
 |  मंगलबार, साउन १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १२, २०७८

सुर्खेत- सुर्खेतमा दुई लाख नगदसहित आठ जना जुवाडे पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरेन्द्रनगर–६ का सकुन्तला न्यौपाने, चिंगाड गाउँपालिका वडा नम्बर १ का बलबहादुर बाह्रघरे, दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नम्बर ७ का बखत शाही रहेका छन्।

यस्तै वडा नम्बर २ का किरणबहादुर विष्ट, दैलेखकै गुराँस गाउँपालिका वडा नम्बर १ का पदम सलामीमगर, वडा नम्बर ६ का यामबहादुर रोकाय र अछामको तुर्माखात गाउँपालिका वडा नम्बर २ का जिवन शाही पक्राउ परेका छन्।

सकुन्तला जुम्लारोडस्थित सुर्खेती स्टाफ होटलका सञ्चालक हुन्। सबैलाई प्रहरी सोही होटलबाट पक्राउ गरेको हो। उनीहरूको साथबाट दुई लाख १४ हजार नगद, १३ वटा खाली (ब्ल्यांक) चेक र एक गड्डी ताससमेत नियन्त्रणमा लिइएको सुर्खेतका डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए। जुवा खेलीरहेको अवस्थामा उनीहरू सोमबार बेलुकी पक्राउ परेका हुन्।



प्रकाशित: Jul 27, 2021| 06:55 मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।