बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस क्रियाशील सदस्यमा युवाको वर्चस्व, पुरुष ७४ प्रतिशत  

कांग्रेस क्रियाशील सदस्यमा युवाको वर्चस्व, पुरुष ७४ प्रतिशत  

चार लाख ४३ हजार ६७८ जना नयाँ सदस्य थपिएका छन् भने चार लाख नौ हजारको नवीकरण भएको छ। लिंगका आधारमा हेर्दा कांग्रेस क्रियाशील सदस्यतामा पुरुषको वर्चस्व देखिएको छ।
 |  मंगलबार, साउन १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १२, २०७८

काठमाडौं– नेपाली कांग्रेसका क्रियाशील सदस्यत साढे आठ लाखभन्दा बढी पुगेका छन्। क्रियाशील छानबिन समितिले मंगलबार सभापति शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनअनुसार कांग्रेसमा क्रियाशील सदस्यको संख्या ८ लाख ५२ हजार ७११ पुगेको हो। 

चार लाख ४३ हजार ६७८ जना नयाँ सदस्य थपिएका छन् भने चार लाख नौ हजारको नवीकरण भएको छ। लिंगका आधारमा हेर्दा कांग्रेस क्रियाशील सदस्यतामा पुरुषको वर्चस्व देखिएको छ। ७४‍.२६ प्रतिशत पुरुषले क्रियाशील सदस्यता पाउँदा २२.६२ महिला  र अन्य ०.०२ प्रतिशतले  सदस्यता पाएका छन्। 

६ लाख ५३ हजार ४३८ सदस्य पुरुष र एक लाख ९९ हजार ९७ जना महिला सदस्य छन्। यस्तै १७६ जना अन्यले क्रियाशील सदस्यता पाएका छन्। 

सबैभन्दा बढी ४१ देखि ६० वर्ष उमेर समूहका

कांग्रेसको नेतृत्वमा अधिकांश पाका नेताहरुले दावी गरिरहेका छन्। पदाधिकारीका आकांक्षी पनि पाका उमेरकै छन्। तर, क्रियाशील सदस्यमा भने युवाको वर्चस्व देखिएको छ। सबैभन्दा बढी ४१ देखि ६० वर्ष उमेर समूहका सदस्य बढी छन्।  १६ देखि २५ वर्ष उमेर समूहका ४० हजार ४२७ जना अर्थात् ४.५९ प्रतिशतले क्रियाशील पाएका छन्। 

२६ देखि ४० वर्ष उमेर समुहका २ लाख २९ हजार ७७४ अर्थात् २८.३८ जनाले सदस्यता पाउँदा ४१ देखि ६० वर्ष उमेर समूहका तीन लाख २८ हजार २३४ जना अर्थात् ३७.३० प्रतिशतले सदस्यता पाएका छन्। ६१ देखि ७५ वर्ष उमेर समूहका ८३ हजार १० जना अर्थात् ९‍.४३ प्रतिशत र ७५ वर्षमाथिका ११ हजार ७८२ जना अर्थात् १.३३ प्रतिशत क्रियाशील सदस्य छन्।

समावेशीतर्फ यस्तो छ संख्या

कांग्रेसमा अल्पसंख्यकतर्फ ६ हजार ८ सय २९ जना क्रियाशील छन्। मधेसी ९५ हजार १ सय ४१, मुस्लिम १६ हजार ९ सय ७०, थारू २७ हजार ६ सय १५, अपांगता भएका दुई सय एक, पिछडिएको क्षेत्रबाट १४ हजार ९ सय १४, आदिवासी जनजाति २ लाख ८ हजार एक सय ५९, खसआर्य तीन लाख ६७ हजार ६ सय ११ र दलित ४५ हजार चार सय १७ जना छन्।

कुन प्रदेशमा कति?

प्रदेश नम्बर १ मा एक लाख ७४ हजार सात सय ८२ जना क्रियाशील छन्। प्रदेश नम्बर २ मा एक लाख १२ हजार ९ सय ४६, बागमती प्रदेशमा एक लाख ८६ हजार एक सय ४३, गण्डकी प्रदेशमा एक लाख १८ हजार ६ सय ३३ जना, लुम्बिनी प्रदेशमा एक लाख ३० हजार ८ सय ८५, कर्णाली प्रदेशमा ५४ हजार ५ सय ६६ र सुदुरपश्चिम प्रदेशमा ७४ हजार ७ सय ५६ जना क्रियाशील छन्।

 अझै विवादित क्षेत्र

क्रियाशील सदस्यताबारे विवाद भएका धनुषा क्षेत्र नम्बर ४, सर्लाही क्षेत्र नम्बर २, बारा र सप्तरी जिलाको नयाँ क्रियाशीलबारे छानबिन समितिले निर्णय गर्न सकेको छैन। यी क्षेत्रमा के गर्ने भन्नेबारे आवश्यक निर्णय गर्न शीर्ष नेतालाई समितिले अनुरोध गरेको छ।

प्रकाशित: Jul 27, 2021| 06:59 मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।