मंगलबार, असार २३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • काठमाडौंबाट बाहिरिँदै मनाङ मर्स्याङ्दी क्लब, पोखरामा फुटबल एकेडेमी चलाउने

काठमाडौंबाट बाहिरिँदै मनाङ मर्स्याङ्दी क्लब, पोखरामा फुटबल एकेडेमी चलाउने

सहिद स्मारक ए डिभिजन लिगको सर्वाधिक विजेता क्लब मनाङ मर्स्याङ्दीले पोखरामा फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ।
 |  मंगलबार, साउन १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १२, २०७८

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगको सर्वाधिक विजेता क्लब मनाङ मर्स्याङ्दीले पोखरामा फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ।

आज पोखरामा सम्पन्न एक कार्यत्रmमबीच क्लबले पोखराको आदर्श माविसँग एकेडेमी सञ्चालन गर्ने सम्झौता गरेको हो। एन्फाको सामाजिक उत्तरदायित्व कमिटीका संयोजक उत्तम भण्डारीले फेसबुकमा सूचना राख्दै मनाङ मर्स्याङ्दीले एकेडेमी सञ्जालन गर्नेबारे जानकारी दिएका हुन्।

एसियाली फुटबल महासंघ (एएफसी) ले जारी गरेको नियमअनुसार एएफसी लाइसेन्सका लागि भौतिक पूर्वाधार र एकेडेमी अनिवार्य गरेपछि अहिले नेपाली ए डिभिजन क्लबहरूले धमाधम एकेडेमी सञ्चालनका लागि विभिन्न विद्यालयसँग सम्झौता गरिरहेका छन्।

मनाङबाहेकका अन्य क्लबले काठमाडौं उपत्यकाकै विद्यालयसँग समन्वय गरेका छन्। तर मोफसलमा जाने मनाङ पहिलो क्लब बनेको छ।

केही समयअघि मनाङ मर्स्याङ्दी क्लबले पोखराको अन्तर्राष्ट्रिय रंगशालालाई होम ग्राउन्ड बनाउने राष्ट्रिय खेलकुद परिषद्सँग प्रस्ताव गरेको थियो। खेलका लागि रंगशालालाई मनाङको घरेलु मैदान बनाउने विषयमा हिजो सोमबार पोखरामा छलफल भएको थियो।

‘मनाङ मर्स्याङ्दी क्लबको घरेलु मैदानका लागि पोखरा रंगशाला सुनिश्चित गर्नका लागि सकारात्मक छलफल भएको छ,’ एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बैठकबारे जानकारी दिए।

अब मनाङ मर्स्याङ्दीले पोखरालाई घरेलु मैदानको रुपमा उपयोग गर्न पाए र एन्फाले पोखरामा लिग गराउन अनुमति दिए आउँदो ए डिभिजन लिगमा मनाङले पोखरास्थित घरेलु मैदानमा पनि खेल्नेछ।

प्रकाशित: Jul 27, 2021| 07:30 मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।