शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • ओली–नेपाल वार्ताको प्रयास जारी, एकता बिथोल्ने अभिव्यक्ति नदिन आग्रह

ओली–नेपाल वार्ताको प्रयास जारी, एकता बिथोल्ने अभिव्यक्ति नदिन आग्रह

कपा एमाले असन्तुष्ट पक्षको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि भइरहेका प्रयास बिथोलिने गरी दुवै पक्षलाई अभिव्यक्ति नदिन आग्रह गरेको छ।
 |  मंगलबार, साउन १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १२, २०७८

काठमाडौं– नेकपा एमाले असन्तुष्ट पक्षको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि भइरहेका प्रयास बिथोलिने गरी दुवै पक्षलाई अभिव्यक्ति नदिन आग्रह गरेको छ।

आज बसेको बैठकले यस्तो आग्रह गरेको बैठकपछि एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले पत्रकारहरुलाई जानकारी दिए।  

‘एकताकै सन्दर्भमा केन्द्रित भएको छ। अहिलेसम्म भएका प्रयास सकारात्मक भएको छ । छिटो टुंगोमा पुर्याउनुपर्छ भन्ने निष्कर्ष रह्यो,’उनले भने,‘नेकपा एमालेका देशभरका कार्यकर्ता र मतदाता एकता चाहन्छन्। त्यसैले गम्भीरताका साथ अगाडि बढ्नुपर्छ।’

बैठकले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाललाई एकता भाँड्ने गरी अभिव्यक्ति नदिन आग्रह पनि गरेको छ। एकअर्कालाई आरोप लगाउने बहानामा मानमर्दन हुनेगरी सार्वजनिक अभिव्यक्ति दिन नहुनेमा बैठकले जोड दिएको हो।

‘दुवै पक्षका शीर्ष नेताहरूले पार्टी एकताका प्रयासलाई विथोलिने गरी अभिव्यक्ति दिनु भएन। यसलाई दुवै पक्षबाट रोक्न आग्रह छ। हामी एकता चाहन्छौँ, यसको विकल्प छैन,’ स्थायी कमिटी सदस्य भीम आर्चायले भने,‘अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच वार्ता गराउने पहलमा छौँ।’

प्रकाशित: Jul 27, 2021| 08:10 मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...