आइतबार, जेठ ३१, २०८३

साउनमा पनि कुखुराको मासुको मूल्य अचाक्ली महँगो

धार्मिक मान्यताअनुसार साउन व्रतको महिना हो। धेरैले साउनमा माछामासु खाँदैनन्। त्यसैले अन्य महिनाको तुलनामा साउनमा मासुको खपत पनि कम हुने व्यवसायी बताउँछन्।
 |  मंगलबार, साउन १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १२, २०७८

काठमाडौं– धार्मिक मान्यताअनुसार साउन व्रतको महिना हो। धेरैले साउनमा माछामासु खाँदैनन्। त्यसैले अन्य महिनाको  तुलनामा साउनमा मासुको खपत पनि कम हुने व्यवसायी बताउँछन्। 

National life

कुखुरा व्यवसायी संघका अध्यक्ष जङ्गबहादुर बिसीका अनुसा हाल मुलुकभर ब्रोइलर कुखुराको मासुको माग दैनिक औसत ४ लाख किलो छ। यो माग सामान्य अवस्थाको तुलनामा झण्डै ३० प्रतिशत कम हो। उनका अनुसार सामान्य अवस्थामा ब्रोइलर कुखुराको मासुको माग दैनिक ६ लाख देखि ७ लाख किलोसम्म पुग्ने गरेको छ। 

बजारको सिद्धान्तअनुसार वस्तुको माग घट्दा भाउ पनि घट्छ। तर, कुखुराको मासुको हकमा भने उल्टो देखिएको छ। माग घटेको बेला पनि अहिले कुखुराको मासु अचाक्ली महँगो छ। गत चैतमा साढे २  सय  रुपैयाँ  प्रतिकिलो भन्दा पनि तल झरेको ब्रोइलर कुखुराको मासुको मूल्य अहिले ४३० रुपैयाँसम्म पुगेको छ। ‘अहिलेको औसत  मूल्य ३९० रुपैयाँ  प्रतिकिलोसम्म छ। खुद्रा व्यवसायीले त ४३० रुपैयाँसम्ममा बेच्छन्,’ अध्यक्ष बिसीले नेपाल समयसँग भने।

उनका अनुसार अहिले मासुको माग कम भए पनि मागअनुसारको मासु उत्पादन भइरहेको छैन। गत वैशाखमा  सरकारले कोरोना भाइरस नियन्त्रण गर्ने भन्दै लगाएको निषेध आदेशमा धेरैले कुखुरापालन नगरेका त्यसको असरस्वरुप उत्पादन कम भएको बिसीको दाबी छ। ‘लकडाउनमा बजार बन्द भएका कारण किसानले चल्ला राखेनन्,’ उनले भने, ‘उत्पादन नै माग अनुसार भइदिएन। त्यतिबेलाको असर अहिले परेको हो।’ माग र उत्पादनको सन्तुलन कहिले सामान्य होला भन्न नसकिने अध्यक्ष बिसीको भनाइ थियो।

अण्डाको होलसेन मूल्य पनि बढ्यो

Shivam cement

पछिल्लो समय अण्डाको होलसेल मूल्य पनि प्रतिक्यारेट २०  रुपैयाँका दरले बढाइएको छ। यसअघि गत वैशाखमा प्रतिक्यारेट ३६५ रुपैयाँ रहेको अण्डाको मूल्य ३८५ पुगेको अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले बताए। उत्पादन घटेकै कारण मूल्य बढाइएको केसीले नेपाल समयलाई  बताए। ‘अहिले अण्डाको फार्म रेट ३८५ रुपैयाँ प्रतिक्यारेट बनाइएको छ,’ उनले  भने, ‘हाम्रो पनि दानाको मूल्य बढेको छ। मुख्य कुरा उत्पादन नै माग अनुसार भइराखेको छैन।’

उनका अनुसार अहिले अण्डाको दैनिक औसत माग ३३ लाख  गोटा छ। अहिलेको माग सामान्य अवस्थाकै जस्तो रहेको उनको भनाइ छ। तर, उत्पादन भने दैनिक ३० लाख गोटा पनि पुग्न नसकेकाले होलसेलमा मूल्य बढाइएको उनी  बताउँछन्। होलसेल उनका अनुसार एक क्यारेटमा ३० वटा अण्डा हुन्छन्।

सो हिसाबले अण्डाको खुद्रा मूल्य प्रतिगोटा १ रुपैयाँ पनि बढेको छैन। त्यसैले खुद्रा मूल्यमा चाप नपर्ने उनको भनाइ छ। ‘पहाडी ठाउँमा ढुवानीको समस्या आइपरेको अवस्थामा उपभोक्ता मूल्यमा चाप पर्न सक्छ,’ केसीले भने, ‘अन्यथा उपभोक्ता मूल्यमा खासै फरक पर्दैन।’

प्रकाशित: Jul 27, 2021| 07:05 मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्