बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रुकुममा भैंसीलाई घाँस हाल्न गोठ गएकी महिलाको रहस्यमय मृत्यु

रुकुममा भैंसीलाई घाँस हाल्न गोठ गएकी महिलाको रहस्यमय मृत्यु

रूकुम पश्चिममा एक महिलाको रहस्यमय मृत्यु भएको छ। मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–४ छरीखोलाकी २६ वर्षीया मनकला खत्री (खड्का) छन्। 
 |  मंगलबार, साउन १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १२, २०७८

सुर्खेत– रूकुम पश्चिममा एक महिलाको रहस्यमय मृत्यु भएको छ। मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–४ छरीखोलाकी २६ वर्षीया मनकला खत्री (खड्का) छन्। 

भैंसीलाई घाँस हाल्न गोठमा गएकी उनको सोमबार राति रहस्यमय मृत्यु भएको हो। साँझ ६ बजेट गोठ गएकी उनी रातको करिब ८ बजेतिर मकै बारीको कान्लामा मृत फेला भेटिएकी थिइन्।  रातिसम्म घर नफर्किएपछि परिवार र स्थानीयले उनको खोजी गरेका थिए।

रुकुम पश्चिमका डीएसपी ध्रुबकुमार श्रेष्ठका अनुसार मृतक खड्काको नाकबाट रगत बगेको भेटिएको छ। घटना भएको १९ घण्टा बितिसक्दा पनि शव घटनास्थलमै छ। घटनाको अनुसन्धानपछि मात्रै मुचुल्का उठाउने र त्यसपछि मात्रै शव परिवारलाई बुझाउने डीएसपी श्रेष्ठले बताए।

घटनाको अनुसन्धानका लागि प्रहरीले बाँकेको कोहलपुरबाट तालिम प्राप्त कुकुर सहितकोे टोली झिकाएको छ। घटनाको अनुसन्धान नहुँदासम्म हत्या वा आत्महत्या भन्नेर छुट्याउन नसकिने प्रहरीले जनाएको छ। ‘घटनाको प्रकृति हेर्दा हत्या गरिएजस्तो देखिन्छ तर अनुसन्धान नहुँदासम्म केही बोल्न मिल्दैन,’ डीएसपी श्रेष्ठले भने, ‘अहिले नै हत्या भएको भन्न मिल्दैन।’ अनुसन्धानका लागि डीएसपी श्रेष्ठ सहितको टोली घटनास्थल पुगेको छ ।

त्रिवेणी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष चन्द्रबहादुर खड्का अनुसार सोमबार रातिदेखि घटनास्थलमा प्रहरी खटिएको छ। घेराबार गरी राखिएको घटनास्थलमा प्रहरीले कसैलाई पनि जान दिएको छैन। मृतकको त्रिवेणी गाउँपालिका वडा नं. ४ स्थायी ठेगाना भए पनि हाल सोही गाउँपालिकाको वडा नंं ३ को कुरल भन्ने स्थानमा बस्दै आएकी थिइन्।

सोही स्थानमा उनको सोमबार राति रहस्यमय मृत्यु भएको हो। मृतकका श्रीमान् चार वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका छन्। उनीहरुका ५ वर्षिय छोरा छन्। मृतक सासु आमासँग बस्दै आएकी थिइन्।

प्रकाशित: Jul 27, 2021| 09:03 मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।