आइतबार, चैत ८, २०८२

कोरोनाको तेस्रो लहरका लागि यस्तो छ सरकारको तयारी

सरकारले असोज १५ देखि नेपालमा कोरोना संक्रमणको तेस्रो लहर आउने प्रक्षेपण गरेसँग यसका लागि तयारी थालेको छ। स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले तेस्रो लहर संक्रामक र बालबालिकालाई बढी असर गर्ने बताए।
 |  मंगलबार, साउन १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १२, २०७८

काठमाडौं– सरकारले असोज १५ देखि नेपालमा कोरोना संक्रमणको तेस्रो लहर आउने प्रक्षेपण गरेसँग यसका लागि तयारी थालेको छ।  स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले तेस्रो लहर संक्रामक र बालबालिकालाई बढी असर गर्ने बताए।

National life

आगामी पाँच महिनामा एक लाख ९३ हजार ८५६ नयाँ संक्रमित थपिने अनुमान सरकारको छ। मन्त्रालयले संक्रमणको तेस्रो लहर आउने भन्दै सचेत रहन निर्देशन दिइसकेको छ। मन्त्रालयका अनुसार कोभिड–१९ को तेस्रो लहरलाई दृष्टिगत गरी बच्चाका लागि १८० भेन्टिलेटरसहित २७५ आईसीयूशय्या थप्ने प्रक्रियामा छ। 

यसैगरी अक्सिजनको आपूर्तिसमेत बढाइएको स्वास्थ्य सचिव लक्ष्मण अर्यालले बताए। अहिले दैनिक १२० मेट्रिक टन अक्सिजन आपूर्ति भइरहेको छ। यसअघि १५ मेट्रिक टन मात्र अक्सिजन आपूर्ति हुने गरेको थियो। मन्त्रालयले संक्रमणको दोस्रो लहर चलिरहेकै बेला पाँच हजार अक्सिजन सिलिन्डर थप र पाँच हजार ५०० अक्सिजन कन्सट्रेटरको व्यवस्था गरेको छ। थप तीन हजार ५०० अक्सिजन कन्सट्रेटर आउने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ। 

२७ वटा तरल अक्सिजन टङ्याक थप गर्ने योजनाअन्तर्गत दुई सम्पन्न, चार निर्माण प्रक्रियामा र १० वटा निर्माणका लागि सूचना प्रकाशित गरिएको सचिव अर्यालले बताए। 

मन्त्रालयको पछिल्लो विवरणअनुसार नेपालमा कोरोना भाइरस संक्रमितको मृत्यु दर १.३ प्रतिशत  र निको हुने दर ९४.५ प्रतिशत छ। नेपालमा २०७७ चैतको पहिलो सातादेखि २०७८ वैशाखको अन्तिम सातासम्म दोस्रो लहर उच्च विन्दुमा थियो। गत वैशाख २७ गते संक्रमण दर सबैभन्दा बढी ५१.८ प्रतिशत रहेको थियो। जेठ ६ गते सबैभन्दा बढी एक हजार ७४८ जना आईसीयूमा र जेठ ८ गते सबैभन्दा बढी ५२३ जना संक्रमित भेन्टिलेटरमा  थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 27, 2021| 08:20 मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्