आइतबार, चैत ८, २०८२

कोरोना खोप लगाउनेको नाम घरमै पुगेर दर्ता गरिँदै

धनगढी उप-महानगरपालिकाले नगरभित्र कोरोनाविरुद्धको खोप लगाउने कार्यलाई व्यवस्थित गर्न घर-घरमा गएर नाम दर्ता गर्न थालेको छ।
 |  मंगलबार, साउन १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १२, २०७८

National life
Laxmi sunrise bank
kumari

धनगढी- धनगढी उप-महानगरपालिकाले नगरभित्र कोरोनाविरुद्धको खोप लगाउने कार्यलाई व्यवस्थित गर्न घर-घरमा गएर नाम दर्ता गर्न थालेको छ।

अनलाइन नाम दर्ताका लागि उप-महानगरपालिकाले १९ वटै वडामा स्वयंसेवकहरु परिचालन गरेको छ। ‘कोभिड खोप लगाउनबाट कोही बञ्चित नहून् भनेर घरमै पुगेर १८ वर्षभन्दा माथिका व्यक्तिहरुको नाम दर्ता सुरु गरेका छौँ’ धनगढी उप-महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले भने, ‘नामदर्तापछि खोप लगाउने कार्य पनि व्यवस्थित हुनेछ।’ धनगढी उप-महानगरपालिकाले साउन ६ गतेबाट घरघरमा पुगेर अनलाइन नामदर्ता अभियान सुरु गरेको थियो। नाम दर्ता गराउने अभियानमा ४० जना यूवा स्वयंसेवक खटाइएको मेयर वडले बताए। 
साउन मसान्तसम्म धनगढी उप-महानगरपालिकाले १ लाख ५० हजार जनाको नाम दर्ता गरिसक्ने लक्ष्य लिएको बताइएको छ। वडाहरुका साथै जिल्ला प्रशासन कार्यालय कैलाली, जिल्ला मालपोत, सेती प्रादेशिक अस्पताल, धनगढी उप-महानगरपालिका परिसर र धनगढी चौराहामा समेत अनलाइन नाम दर्ताका लागि स्वयंसेवक खटिएका छन्
धनगढी उप-महानगरपालिकाका उप-प्रमुख सुशीला मिश्र भट्टले अनलाइन नाम दर्ताका लागि खटिएका स्वयंसेवकहरुलाई आफ्नो विवरण सहयोग गर्न नगरवासीमा अनुरोध गरिन्। अनलाइन नामदर्ता अभियानका संयोजक प्रेम ढुंगानाले धनगढी उप-महानगरपालिकाबासीले अभियानलाई अवसरको रुपमा लिनुपर्ने बताए।

प्रकाशित: Jul 27, 2021| 07:35 मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्