दसैं नजिकिँदै गर्दा पर्यटकीय गन्तव्यहरुको खुला हुने क्रम पनि बढ्दै गएको छ। यसै मेसोमा ताप्लेजुङको पूर्वी सिदिङ्वा गाउँपालिकास्थित तिम्बुङ पोखरी क्षेत्रमा पर्यटक लक्षित घर– टुरिस्ट हाउस निर्माण सम्पन्न भएको छ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनहरूमाथि छलफल हुने एमाले सचिव शेरबहादुर तामाङले बताएका छन्।
यहाँ सञ्चालित १० मेगावाट क्षमताको तल्लो मोदी–१ को उत्पादन विगत तीन सातादेखि ठप्प बनेको छ। गत भदौ १७ गते राति आएको बाढीले आयोजना क्षतविक्षत बनाएपछि उत्पादन ठप्प बनेको हो।
शनिबार हुने नेपाली कांग्रेसको गाउँनगर अधिवेशनका लागि केन्द्रमा रहेको पार्टी सभापती शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको प्यानल घोषणा भएको हो।
लुम्बिनी गुरुयोजनाको अन्तिम कामको सुरुआत भएको छ। लुम्बिनी विकास कोषले बिहीबार एक समारोहबीच अबका दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण व्यवसायीसँग ठेक्का सम्झौता गरेको छ।
चमेरा मान्छेको मित्र प्राणी हो। यिनीहरुबाट मान्छेलाई कुनै हानिनोक्सानी भएको दृष्टान्त छैन। यिनको संरक्षण र सुरक्षाबाट हाम्रो आफ्नै संरक्षण र सुरक्षा हुन्छ।
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन नजिकै त्रिशूली नदिमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार एक जनाको भने एक घाइते अवस्थामा उद्धार गरिएको छ।
यमनमा १.६ करोड मानिस भोकमरीको जोखिममा पुग्ने प्रक्षेपण गरिएको छ। संयुक्त राष्ट्र खाद्य निकायका प्रमुख डेविड बीसले चेतावनी दिँदै यमनमा १.६ करोड मानिस भोकमरीको जोखिममा रहेको बताएका छन्।
सन् २०२१ का लागि ‘ओसन फोटोग्राफर अफ द इयर’ को पुरस्कार आइमी जानलाई ग्लास फिसले घेरिएको समुद्रमा रहने हरिया कछुवा (ग्रिन सी टर्टल)को तस्बिरका लागि दिइएको छ।