शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • बाइडेनले आयोजना गरेको सम्मेलनमा देउवाको सम्बोधन- कोरोना नियन्त्रणमा सबै देश एकजुट हौं

बाइडेनले आयोजना गरेको सम्मेलनमा देउवाको सम्बोधन- कोरोना नियन्त्रणमा सबै देश एकजुट हौं

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको सम्मेलनलाई सम्बोधन गरेका छन्।
 |  शुक्रबार, असोज ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ८, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको सम्मेलनलाई सम्बोधन गरेका छन्। 

बिहीबार राति आयोजित सम्मेलनलाई सम्बोधन प्रधानमन्त्री देउवाले सम्बोधन गरेका हुन्। उनले सम्बोधनका क्रममा नेपालले सन् २०२२ को अप्रिलसम्म ८० प्रतिशत नागरिकलाई कोभिडविरुद्धको खोप लगाइसक्ने बताएका छन्। 

उनले सम्बोधनका क्रममा कोरोना नियन्त्रणमा विश्वका सबै देश एकजुट भएर लाग्नुपर्ने बताएका थिए। राष्ट्रपति बाइडेनले राष्ट्रसंघीय महासभाको पूर्वसन्ध्यामा आयोजना गरेको उक्त भर्चुअल सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत नेताहरूले सम्बोधन गरेका थिए। 

शनिबार आयोजना हुने राष्ट्रसंघीय महासभाको ७६औं सत्रलाई १९३ देशका सरकार प्रमुख र राष्ट्र प्रमुखले सम्बोधन गर्दैछन्।

प्रकाशित: Sep 24, 2021| 10:10 शुक्रबार, असोज ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...